“गाईखाने भाषा” र मेरो देसको शिक्षा


November 29, 2010

(Note: यहाँ प्रयोग भएको “गाईखाने भाषा” प्रतिकात्मक मात्र हो, मेरो हजुर आमाले भन्नु भएको हुनाले जस्ताको तस्तै मात्र लेखेको हुँ। कुनै भाषा लाई होच्याएको होइन।

डायरि लेख्न भनेर काखे कम्पुटरको अङ्रेजी किबोर्ड खिटी-खिटी पर्दैछु। कती अङ्रेजीमा मात्र सोच्नु, आजको डायरि चाँही नेपाली मा नै लेख्ने पर्‍यो । युनीकोड चलाऊनु पर्‍यो र आफ्नै भासामा केही लेख्नु पर्‍यो ।तर के लेख्ने खै? जे होस् यही अङ्रेजी कसरी सिकियो भनेर नै लेख्नु पर्‍यो। । ठिकै छ यही अङ्रेजी सानोमा सिक्दाको कथा पनि रमाइलो छ, आज सुत्नु भन्दा अगाडि यसैलाई सम्जेर सुत्नु पर्‍यो। पछी हेर्दा रमाइलो नै हुन्छ।

मेरो घर सँखुवा- सभा को चैन्पुर, भ्यागुते ढुङ्गा स्कुल बाट ३ किलास पास, बाल मन्दिर स्कुल बाट ५ किलास पास र सरस्वती स्कुल बाट १० किलास पास। मलाई याद छ मैले ABCD लेख्न कक्षा ४ बाट मात्र सुरु गरेको हुँ। किनभने भ्यागुतेढुङा स्कुलमा अङ्रेजी पडाउने मान्छे नै थिएननठुला सर र साना सर मात्र हुनुहुन्थ्यो ( हामी हेड सर लाई ठुला सर र अर्को सर लाई साना सर भन्थेउ, खासमा सर को नाम चाँही थाहा हुँदैन थियो)।

म बाल्मन्दिर मा भर्ना भएर अङ्रेजी किताब घरमा लाँदा १९८० तिरकी मेरी हजुरआमाले ए त्यहाँ गाइखाने भाषा पनि पडाउदा रहेछन भन्नु हुह्थ्यो। । कक्षा ४ मा अङ्रेजी पढ्न थाल्दा म निकै excited भएको थिए। किनभने ABCD पढ्नु भन्दा अगाडि नै मलाई “हवाटी जोर नेम?, हावाट किलास डु यु रिड?, हवाटी जोर फादर नेम?, हाउ वल्ड आर यु?” को उत्तर आउने भएकोले मेरो कक्षामा राम्रो इज्ज्त थियो। त्यो बाहेक ठुला खाले ABCD पनि लेख्थे म त, तेसैले साना खाले(abcd) चाँही तेही सिकेको हो। र ४ हारे कापीमा “A brown fox quickly jumps over the lazy dog.” भन्ने चाँही ८ कक्षातिर मात्र लेखेको हो, तेसैले होला मेरो handwriting अरुलाई पढ्न मुस्किल नै पर्छ।

त्यो बाहेक म मेरो गाँउका साथी हरु माझ मा निकै प्रतिष्ठित थिएँ ; किनभने त्यो बेला मेरो गाँउ घुम्न आउने Tourist हरु सँग म पुरै अङ्रेजिमा गफ गर्थे किनभने मलाई माथि का प्रश्नको उत्तर थाहा थियो र मेरा साथी हरु लाई चाँही थाहा थिएन। एउटा गोरो छाला भएको मान्छे गाँउ मा आयो कि हामी २ कोस जती पछ्याउथेँउ र मलाई साथी हरु ले जा न जा अङ्रेजी बोल भन्दै धकेल्थे। निकै रमाइलो हुन्थ्यो। बाल्मन्दिर स्कुलका प्र्धानध्यापकको रिस साह्रै कडा थियो मलाई हप्तामा कम्तिमा पनि ३ दिन चाँही नरामो चुट्थे। मलाई पनि त्यो स्कुल तेही सरको हो जस्तो लाग्थ्यो र पिटाइ खाएको रिसमा हप्ता मा कम्तिमा पनि “मेरो बाउको के जान्छ? ” “तेस्कै बाउको जान्छ ” भन्दै २ वटा चाँही बेन्च भाची दिन्थे कसै न कसैले त्यो खबर उहाको को कानमा पुर्याइ हाल्थ्यो तेसैले कुटाइ खाने र बेन्च भाच्ने कामको Vicious Cycle नै चलेको थियो। त्यो बेलानै हो मैले छाडा शब्दहरु बोल्न सिकेको पनि। एकदिन मेरो साथी संगिताले छाडा शब्द बोलेको पोल लगाइदिदा पनि नराम्रो चुटाइ खाएको थिए, तर छुट्टी भए पछी उस्लाई पनि मैले र मेरो एउटा साथीले मिलेर गेटमा नै रामधुलाई दिएका थियौ।

प्रसँग गाइखाने भाषा सँगइ जोडीएर आउछ- कक्षा ५ को जाँच थियो- एउटा प्रश्नको उत्तर अङ्रेजीमा यो रामको घर हो भन्ने लेख्नु पर्ने थियो। निकै बेर सोचे यो लाई अङ्रेजी मा “This” भन्छ, राम- राम नै भै हाल्यो, House माने घर, अब सम्जिन मुस्किल पर्‍यो “को” लाई अङ्रेजिमा के भन्छ ? केही गरी आएन, न सर ले नै को लाई के भन्छ भनेर पडाएका थिए। अन्त्यमा “जे पर्ला, पर्ला- खुकुरी भिर्ला” भन्दै “This is Ram ko house.” भनेर लेखी दिए। अहिले सम्झादा चाँही निकै रमाइलो लाग्छ। तर पनि अहिलेका गाँउका स्कुल हरुको वास्तविकता भनेको यही नै हो। किनभने म नोबल एकेडेमीमा +२ पड्दा र ब्याचलर पड्दा दशै मा घर गएको बेलामा गएर ८,९,१० का विद्यार्थी हरुलाई १ महिनाभरी ग्रामर पदाइदिन्थे, त्यो बेला मैले अवस्था त्यो नै पाएको थिए। ८, ९ का विद्यार्थीले समेत लगभग “This is Ram ko House” नै भन्थे।

म कक्षा १० मा पड्दासम्म निक्कै राम्रो विद्यार्थीको रुपमा निक्ली सकेको थिए, साचै भन्नु पर्दा त्यो बेला मेरो मस्तिस्कको २ पाटोनै चल्थ्यो। कुनै कुरा एकपटक सुनेपछी फेरी दोहोर्याउन पर्दैन थियो। तर बिडम्बना तेही गाईखाने भाषाको थियो। किन भने अङ्रेजी १ लाइन बाट २ लाइन राम्रो लेख्न आउँदैन थियो । १० कक्षाको SLC को परिक्षामा कुनै Festival को बारेमा लेख्न आएको थियो। मलाई तिहारको बारेमा लेख्न मन लाग्यो तर के लेख्ने? तिहारमा यस्तो गर्छोउ, उस्तो गर्छोउ। सबै भन्दा रमाइलो चाड- कती हो कती। के गर्नु मनभरी कुरा त आएको छ नि, नेपाली मा हो भने १० पेज जती लेखछु जस्तो लाग्छ, अङ्रेजी मा फुट्टो केही आउँदैन। यसो सोचे “कुकुर” लाई त Dog भन्छन तर यो तिहारलाई “कुहिरे” हरुले के भन्छन होला? अनी “भाई” लाई त Brother भन्छन “टिका” लाई चाँही के भन्ने होला? “Brother Tika” त पक्कै होइन (?) अनी गोरु पूजा लाई के भन्ने? “Ox पूजा” पो हो कि? होइन होला? गोरु भन्ने आउछ, पूजा भन्ने आउँदैन।देउसी र भैलो अनी जुवा तास लाई के भन्ने भनेर सोच्दा सोच्दै समय सकिएको थियो। तर धन्न पासमार्क चाँही टेक्यो र SLC जोगियो।

तेस पछी चाँही राजधानी आइयो र देस अनुसारको भेस हुँदै अली अली अङ्रेजी फुटाउन थालीयो। आजकाल म ” Youth journal” हरुमा बातावरणका बारेमा अङ्रेजीमा नै feature लेख हरु लेख्ने गर्छु। तर पनि त्यो समय सम्झँदा भने निकै रमाइलो लाग्छ।

अहिले मलाई १०-१५ पेज अङ्रेजिमा लेख्न केही जस्तो पनि लाग्दैन, तर मेरो गाँउमा अङ्रेजी पढाउने सर हरु तिनै हुनु हुन्छ। जस्ले मलाई हिजो पढाउनु भयो। अझ जाँड रक्सी खाएर सरकारी स्कुल पढाउने गुरु हरु पनि म निकै चिन्छु। कतिपय स्कुल हरुमा १-५ सम्म जम्मा २ जना मात्र सर हरु हुनु हुन्छ। भए भरका बिषय हरु उहा हरुले नै पढाउनु हुन्छ। मेरो गाँउ त मेरो गाँउ नै हो तर म पोहोरको साल भक्तपुर को गुन्डु गाबिसको एउटा स्कुलमा पुग्दा खेरी त्यो स्कुलमा सर हरु मात्र हुनु हुन्थ्यो र विद्यार्थी चाँही खोइ नि भनेर सोद्धा, यो कटुस फल्ने सिजन हो अहिले त सबै कटुस टिप्न गएका छन भनेर सर हरुले भन्नु हुन्थ्यो। खै के भन्ने होला मेरो देसको शिक्षा कहिले अन्तरराष्ट्रिय स्तरको होला र राम्रो शिक्षाको खोजीमा बिदेस जानु पर्ने बातावरणको अन्त्य होला।

धन्यबाद !!

मुकेस 

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on December 10, 2010, in Uncategorized. Bookmark the permalink. Leave a comment.

Leave a comment