अबैध नासो (कथा)


म मेरो एकजना साथीको   साथमा गणेश मन्दिर नजिकै हिँडिरहेको हुन्छु, पछाडिको झोलामा एउटा ल्याप्टप, केही किताब र डायरी हरु,अनीपानीको बोतल। साइड ब्यागमा प्रोजेक्टर। हामी कुनै स्थानमा कार्यक्रममा सहभागी हुनको लागि जाँदै थिएउ। एक्कासी- ओए- ओेए ओेए भनेको आवाज आउँछ। यसो फर्केर हेरेको ‘ओेए मुकेस’  भन्दै एउटा मान्छे म तिर दगुर्दै आइरहेको थीयो। यसो हेरेँ पहिला देखी नै चिनेको एउटा “डन दाई” रहेछ।  “के भयो दाई”, यती भन्न नसक्दै उसले मलाई तान्दै तान्दै गणेश मन्दिर बाट साइडमा लग्यो र तान्दै तान्दै त्यहाँ बाट पनि भित्र लग्यो। यसो पछाडि फर्किए र साथी  लाई एक छिन पर्ख है भनेँ। तेस पछी पनि उसले मलाई तान्दै निकै भित्र लाग्यो जहाँ कोही पनि थिएनन। यसो सोचे “यसलाई के भएछ आज, खुस्कियो कि के हो यस्को?”

                          उ सँग मेरो मित्रता भनेको तेही ३ बर्ष जती पुरानो थियो। सम्बन्ध राम्रै थियो। यसो भेटघाट भयो कि तेही हो- “मेरो यती केटा हरु छन, एमालेको यो नेता लाई मैले डाइरेक्ट फोनमा कुरा गर्न सक्छु, अस्ती यस्लाई नरामो दिइयो, यस्लाई एकपटक उपचार गर्नु पर्ने छ, साला अहिले रक्त चन्दन साह्रै टाइट गरेको छ। मोबाइलमा अलिकती ब्यालेन्स पठा न, केही पर्‍यो भने चाँही भन है भाई !! त्यो बाहेक उस्ले पनि मलाई चाहिएको बेलामा मोबाइलमा ब्यालेन्स हालिदिन्थ्यो। ‘तेरो बाउ पनि नेता नै हो हैन,  तेसलाई जिताउने काम मेरो भयो। सभासद बनाउने काम मेरो भयो, बुथ नै उठाइदिन्छु ३-४ वटा। साला यो पाला सुजाता सँग हाम्रो केटा हरुको कुरा नमिल्दा हारी। त्यो धादिङको तेरो नेता के रे- पाण्डे, तेसलाई त जमरकट्टेलको YCL ले हाम्रो केटा हरु नभएको भएत मार्थ्यो। भन तेरो बाउलाई, मैले सहयोग गर्छु भनेर।

बुवाको काम सँग मेरो  चासो र लिनुदिनु नभए पनि- हुन्छ दाई, यार तपाईंले सहयोग नगरे कस्ले गर्छ त भनी दिन्थेँ।

अनी म – चाँही उसलाई- यस्तो तरबार, बन्दुक खुकुरी चलाऊदा डर लाग्दइन भनेर सोद्थेँ। उ भन्ने गर्थ्यो- ‘यि सब देखाउन मात्र हुन, देखाए पुगी हाल्छ। हान्यो भने त कुरा बिग्री हाल्छ नि। तेही पनि यो तरबारको टुप्पाले हान्दा कती काट्छ, बिच बाट हान्दा कती काट्छ, त्यो चलाऊदै गए पछी थाहा हुन्छ के। ” ए हो र दाई”- हो नि तरबारको टुप्पाले काट्यो भने तेही हो रु २० जरिवाना हो बिच बाट कात्यो भने चाँही अली गहिरो हुन्छ र फाइन पनि धेर हुन्छ।” प्रायस: उस्का र मेरा कुरा यस्तै हुन्थे। र कहिले काही चाँही, अब राजनीति गर्ने सोच भएकाले तेस्को लागि पड्नु पर्‍यो, तेसैले जाँच दिने मान्छे कोही चिनेको छ भने खोजी दे भन्थ्यो।

उसले मलाई तान्दै एउटा आध्यारो ठाँउमा पुर्यायो। मैले भने- के भयो दाई?उसले यसो हावा भरिएको ज्याकेट मुनी हात लग्यो र एउटा बन्दुक निकाल्यो.मैले सोचेँ- WTF? यो के हो?देखिनस- पेस्तोल- पेस्तोल। “अनी मैले के गर्नु पर्‍यो त?”हेर मलाई पछील्लो १५ मिनेट देखी पुलिसले पिछा गरी रा छ, तेसैले यो तेरो झोलामा हालेर लैजा”काँहा दाई म एउटा कार्यक्रममा जान लागेको- मैले यती भन्न नपाउदै उसले मेरो झोलाको बाहिरी गोजीमा बन्दुक राखी दि सकेको थियो।चुप लागेर यो लिएर  जा न?अनी उसले मेरो साइड ब्याग तिर देखाएर भन्यो यसमा के छ।मैले भने “प्रोजेक्टर”- यो चाँही म लिएर जान्छु भरे मलाई भेट- यो माल पनि लिएर आइज।होइन दाई मेरो अती जरुरी काम छ, यो प्रोजेक्टर चाँही नलानु, बरु मी यो बन्दुक राखी दिन्छु.अनी उ र म बाहिर गणेश मन्दिरमा आएउँ। साथी तेही कुरी रहेको थियो। उस्ले मेरो अनुहारमा हेर्यो मैले उसलाई हेर्न सकिन।तेसैले मैले उसलाई भने-“तिमी जाँदै गर, म एक छिन पछाडि आउछु। मेरो emmergency पर्‍यो। मैले उसलाई तेती भन्न नपाउदै म त्यहाँ बाट बिपरित दिसा तर्फ हिँडी सकेको थिएँ।

तेस पछी त्रि-चन्द्र कलेज तिर लागेँ। केही सोच्न सकिरहेको थिइन। उसले मलाई भनेको थियो- वरी पारी पुलिस छन तेसैले केही समयको लागि कलेजमा गएर बस.त्यता तर्फ जादै गर्दा सोचे- यदी मलाई पुलिसले पक्रियो भने के गर्ने हो

ला?”बाल मतलब, यो मेरो भए पो? तेसैको हो भनी दिन्छु।”फेरी उस्ले मेरो होइन भन्यो भने के गर्ने, मेरो साथमा केही प्रमाण पनि त थिएन।फसियो आज चाँही, तेस पछी कानुन सम्जिन थालेँ, ला मलाई त सिधै ‘अबैध हतियार खरखजना’ मुद्धा लाग्छ। अनी मेरो भबिस्य त खत्तम।

यती सोची सक्दा त्रि चन्द्र कलेजको गेट भित्र छिरी सकेको रहेछु।क्यान्टिनमा गएर एउटा कोक मगाएर पिए पछी चाँही अली फ्रेस भएँ। तेस पछी झोला लाई अती जतन साथ च्यापेर बाहिर बगैचामा आएर बसेँ।यसो चिनेका साथी हरुले हाइ हल्लो गरे, उनी हरुसँग खासै कुरा गरिन। तेस पछी अली मिल्ने साथी हरुलाई फोन गरेर बोलाएर बन्दुक देखाएँ र हल्का आफ्नै हो भनेर फुर्ती पनि हानेँ।त्यो बेला सम्ममा मैले comfortable feel गरी सकेको थिएँ।

तर त्यो दिन, जुन कार्यक्रमको लागि म हिँडेको थिएँ, त्यो कार्यक्रम मा मैले पनि बोल्न पर्ने भएको ले फोन आउन थाल्यो। तेस पछी ए केही पनि नहुने रहेछ भनेर झोला च्यापेर निस्किएँ।

पुतलिसडकमा पुगेर नेपाल यातायात चडेर कार्यक्रम स्थलमा पुग्न निकै मुस्किल भयो। मलाई आफ्नो भन्दा पनि, झोला कै चिन्ता थियो, नेपाल यातायातको च्यापा च्याप तेही हो।जब म कार्यक्रम स्थल पुगेँ त्यहाँ कार्यक्रम जारी थियो, धेरै साथी हरु आएका थिए। यसो ढोका बाट छिर्दै गर्दा साथी हरु सँग हाइ हेल्लो गर्दै बिचको लाइनमा गएर बसेँ। झोलालाई काखमा च्यापेको थिएँ, खासै बक्ता हरुले के बोलेका छन भन्दा पनि मेरो झोलामा बन्दुक छ, यसलाई मैले सुरक्षित राख्नु पर्छ भन्ने मै ध्यान थियो। जब उद्घघोसकले बोल्नको लागि मेरो नाम बोलाए, तब फसाद पर्‍यो। किन भने त्यो ब्याग त्यहाँ छोडेर जान पनि नमिल्ने, लिएर जाँदा पनि निकै असजिलो देखिने। तेही पनी sefty comes first भनेर त्यो ब्याग पछाडि भिरी भिरी बोल्न को लागि गएँ। अगाडि पुगे पछी चाँही निकालेर भुइँमा राखेँ र गोजीबाट पेनड्राइभ निकालेर आफ्नो कुरा सुरु गरेँ।जती बोले पनि मेरो ध्यान तेही, ब्यागमा नै थियो। उद्घोसक अगाडि पछाडी गरी राखेको हुनाले टेक्ने पो होकी, टेके पछी पड्किने पो हो कि? दसा भन्ने कुरा बाजा बजाएर आउँदैनन, भनेर मेरी ८० बर्सिय हजुरआमाले भनेको पनि सम्झे। तर त्यो कार्यक्रममा कसैले पनि चाल पाएनन।अब तेस पछी तेसलाई घर लिएर गएँ, भान्जी दिदी सँग बस्ने भएको ले, दिदी-भिनाजु मेरो कोठामा आइरहनु हुन्थ्यो। कोठा त्यस्तो ठुलो नभएको हुनाले त्यहाँ पनि लुकाउने ठाँउ थिएन। त्यो भन्दा पनि अर्को कुरा- भान्जी दिदिकी छोरी (मेरी भान्जी) र उनका १०-१२ जना साथी का लागि hide and seek खेल्दा सबै भन्दा सजिलो लुक्ने ठाँउ नै मेरो कोठा थियो। अनी त्यो बाहेक कोठामा आउने साथी हरु, बुवापनी चैनपुर बाट तेही बेला काठमाडौंमा। म सँग संगै नबसे पनि जुनसुकै बेलामा मेरो कोठामा आएर छापा मार्ने अधिकार थियो, उहाँलाई। तेसैले त्यो बन्दुक कोठामा राख्न सक्ने स्थिती नै भएन। मैले तेसलाई लगभग ४८ घण्टाको लागि राखी दिनु पर्ने थियो- किनभने उसले मलाई भोली पल्ट फोन गरेर बोलाए पछी लिएर आइज भनेको थियो।

निकै बेर सोचेँ के गर्ने होला त? तेस पछी, त्यो बन्दुकको बिचमा किरिक्क भाँचे, यसो हेरेको बन्दुकमा पुरै गोली रहेछन। ति गोली निकालेर छेउमा नै झुन्डीरहेको पाइन्टको गोजिमा हालिदिएँ। बन्दुक लाई चाँही के गर्ने होला त? रुमालमा बेरेँ तेसपछी कालो पलास्टिकमा बेरेँ, अनी सिधै तल झरेर, घर पछाडि काठ थुपारेको ठाँउमा गएर सबै भन्दा मुनी राखी दिएँ। त्यहाँ राखे पनि मेरो मन ढुक्क हुन सकिरहेको थिएन. हरेक ३-४ घण्टामा गएर हेरी रह्न्थे। त्यहाँ हेर्न जाँदा पनि डर कसैले म लगातार घर पछाडि, गएको देखी पो रहेको छ कि?? ल ठीक छ कसैले हेरेको रहेनछ।

लगभग २५ घण्टाको तनाब पछी,उस्ले मलाई फोन गर्‍यो। उस्ले हेल्लो भनी सक्न नपाउदै मैले सोधे- दाई म कहाँ आउँ?”नाङ्लो बेकरिमा” म त्यहाँ पुगेँ उस्ले मलाई के खान्छस भनेर सोध्यो।

“OKAY लस्सी मगाउनु न” , उसका साथमा भएका अरु २-३ जना सँग पनि चीन-जान गराइ दियो।

अन्त्यमा, मैले उसको नासो  उसैलाई बुझाई दिएँ।

उसले मलाई धन्यवाद दियो।


About mkshblog

Keeps Hope Keeps Working !!

Posted on June 6, 2011, in 1 and tagged , . Bookmark the permalink. 2 Comments.

  1. very very artistic and really beautiful………. Mukesh G .

  2. Intresting…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: