मेरी आमालाई युद्ध मन पर्दैन


यो कथा मैले १ महिना अगाडि Envision youth 2050 को OUT of Track भन्ने column को लागि “Why my mom hates War” भन्ने title मा ईंग्लिशमा लेखेको थिएँ, आज नेपाली मा उल्था गरेको छु । यो दन्दको सत्य कथा हो। जो चैन्पुर वरपरका साथी हरु हुनु हुन्छ पक्कै पनि आफ्नो कथाको रुपमा महसुस गर्नु हुने छ।

**************************************************************************************************

सानै देखी राजनीतिमा मलाई बहुत चाख लाग्थ्यो। नारा जुलुस भन्यो कि गै हाल्नु पर्ने। बुवा धेरै घर बस्नु हुन्न्न थियो, जब घरमा हुनु हुन्थ्यो तेती बेला राजनीतिकै गफ गरेको सुनेको थिए। घरमा सानो तिनो पुस्तकालय जत्तिकै किताब थिए, जस्मा कम्युनिस्ट दस्ताबेज हरु, मदन भण्डारी, पुष्पलाल, जिबराज आस्रित का बारेमा लेखिएका किताब बदी हुन्थे र प्रगतिसिल साहित्यका किताब हरु पनि हुन्थे। मलाई २०५१ को आमचुनाब राम्रो थाहा छ, ६ बर्षको थिए म तेतिबेला। चुनावको बेला मा निकै रमाइलो हुन्थ्यो। तोते बोलीमा नेपका एमाले- जिन्दाबाद, भन्दै भोट के मा- रुखमा, भात के मा- मुखमा भन्दै स्कुल जाने आउने गर्थेउ। तेतिमात्र होइन प्रजातन्त्र दिबसमा चाँही : हाम्रो राजा हाम्रो देस प्राण भन्दा प्यारो छ भन्नु पर्थ्यो र सबैलाई चकलेट दिन्थे। एउटा प्रजातन्त्र दिबसको अबसरमा चाँही घरमा झन्डा छ भने झन्डा लिएर आउनु भनेर स्कुल बाट भनेको थियो। मैले पनि हँसिया हठोउडा भएको झन्डा लिएर जाँदा हेड सरले अतीथी आउनु भन्दा अगाडि नै सुटुक्क त्यो झन्डा निकाली दिएका थिए।

२०५१ को चुनावमा कङ्रेसका सभापति गिरिजा प्रसाद कोइराला चैन्पुर जानु भएको थियो। हेलिकप्टरमा जानु भएको हुनाले म पनि साथी हरु सँग हेलिकप्टर हेर्न भनेर गएको थिए। त्यहाँ गए पछी टोपी अनी स्टिकर बाँडे, तेती भये पछी हामी खुशी भै हालेँउ र मन्चबाट नेपाली कङ्रेस्स भन्दा जिन्दाबाद भनी दिएउ र भोट के मा भन्दा ३ हात माथि उफ्रेर रुखमा पनि भनी दिएउ। तेस पछी घरमा नयाँ टोपी लाएर जाँदा हजुरआमाले त्यो त हाम्रो पार्टी होइन त, यस्तो टोपी लायो भने मान्छेको बुद्धी नाश हुन्छ बाबु, हाम्रो चिन्ह त घाम हो भने पछी, त्यो छाप कहिले पनि मन बाट हट्न सकेको छैन। पछी सुर्य बहादुर थापा जाँदा पनि हलोको टोपी बाँदेका थिए त्यो चाँही लाएर घर गाइन।

मैले माओवादी चाँही निकै पछी सुनेको हो, ५६- ५७ साल तिर रेडियोमा समाचार सुन्दा माओवादी भन्नेले उता पश्चिम तिर अरु पार्टीका मान्छे मारे रे बनेर भन्थे, र मेरो घर पनि अर्कै पार्टीको भएको हुनाले भित्र मनमा डर लाग्थ्यो। माओवादी सुन्दा पनि सुरुमा त डा बाबुराम भट्टराईको पार्टी हो भन्थे, प्रचन्ड भन्ने नाम त पछी आधार ईलाका घोषणा गरेपछी भिता भित्तामा प्रचन्डपथ भनेर लेखे पछी मात्र थाहा भएको हो। तेतिबेला सम्म त माओवादी सुनेको मात्र थियो गाँउमा माओवादी भन्ने कोइ थिएनन। तर एकदिन मेरै गाँउका एकजना काका पानी परेको बेला गाँजा खाएर माओवादी मै हुँ, अब बर्गिय दुस्मनको सखाप पार्छु भन्दै उफ्रेर हिँडेका थिए, उनै हुन पहिलो माओवादी मैले देखेको।

त्यो आधार ईलाका घोषणा गर्दा चाँही, बर्ग सत्रुको सफाया गर्छोउ भनेर खुब नारा लेखेको हुन्थ्यो। अनी मलाई पनि म कुन बर्गमा पर्छु होला भन्ने डर हुन्थ्यो, तेसैले मर्क्सबादी किताब हरुमा बर्ग बिस्लेसणको बारेमा खुब खोज्थे। अन्त्यमा मैले आफ्नो परिवार सफाया नहुने बर्गमा पाएपछी ढुक्क भएको थिए। किनभने उनिहरुले सामन्ती, नोकरसाही, अनी खोइ कुन, कुन बर्ग लाई मात्र सफाया गर्छोउ भनेका थिए र मेरो परिवार यो कुनै मा पनि पर्दैन थियो। अनी म हिसाब किताब गर्थे को को सफाया हुने मा पर्छन भनेर। पछी एक बेला भारत सँग युद्ध लद्छोउ भनेर माओवादी खुब तातिएका थिए। तयारी हेर्दा त हो कि के हो जस्तो पनि लाग्थ्यो। प्रचार प्रसार खुब थियो। अनी गाँउ- गाँउमा V, W, M, आकारका बंकर खानेका थिए। अब कोठेबारीमा बंकर खानि दिए पछी नपत्याउन पनि कसरी, हो नै पक्का। तर ति बंकर बाट न एउटा गोली पड्कियो, न कुनै प्रतीक्रान्तिकारी, बर्ग दुस्मन नै परे, बरु तेही गरीब किसानले खाइ नखाइ पालेका २-४ वटा भैंसी परेर सहादत प्राप्त गरेका हल्ला चाँही गाँउमा चल्ने गर्थे।

घरमा चाँही एमाले। काका पछी माले हुँदै माओवादी, अनी पछी उतै भूमिगत अवस्थामा नै विवाह गर्नु भएछ, तेसबेला देखी काकी पनि माओवादी !! काकी लाई त निकै पछी भेटेको हुँ, लगभग ३ बर्ष जती पछी होला। एकपटक को दशैमा घरमा सुती रहेको बेला बिहानै काका-काकी तेही गाँउमा कुनै घरमा बास बसेको खबर पाएको ले मासु र रोटी लगिदिएको थिएँ। त्यो बेला काकिले मलाई चिया बनाएर खुवाउनु भएको थियो। साह्रै मिठो लागेको थियो। त्यो नै मेरो पहिलो भेट थियो। उहाहरु घरमा नआउनु को कारण चाँही अघिलो बर्ष मध्यरातमा घर आउँदा पनि पुलिसले पत्तो पाएर घर घेरेर गोली पड्काउन सम्म भ्याएको थियो रे। धन्न बाख्राको खोरमा लुकेर बाच्नु भएछ। काकी मलाई निकै बोउदिक लाग्छ, घरमा अथवा जहाँ भए पनि बाद्बिबाद गर्न रमाइलो हुन्थ्यो। उहाँले नै हो मलाई संबिधान सभा, गणतन्त्र, बर्गिय समाजको बारेमा सिकाउनु भएको। तेसैले म उहालाई निक्कै सम्मान गर्छु। तर संबिधान सभाको चुनावको बेलामा काका, काकीले नै म सँग भोट माग्नु भएको थियो किनभने काकी उमेद्वार समेत हुनुहुन्थ्यो। तर मैले ठाडै माओवादी लाई भोट दिन्न भने पछी उहा हरुलाई मैले निकै दुखी भएको महसुस गरेको थिए।

काका काकी नै माओवादी भै सक्दा गाँउमा माओवादी धेरै भइ सकेका थिए, त्यो पहिलो र दोस्रो बार्ताको बेला होला माओवादी बन्ने त फेसन नै थियो। त्यो बेला त गाँउमा को हो माओवादी भन्दा पनि को होइन माओवादी जस्तो भएको थियो। सत्य नै बोल्ने हो भने त्यो बेला पार्टी भनेको माओवादी मात्र थियो।

तर जब दोस्रो बार्ता भङग भयो अनी देसमा सँकटकाल लाग्यो तेस बेला सबैका दसा सुरु भएका थिए। संकटकाल लाग्ने बित्तिकै मेरा कक्षाका धेरै साथी हरु प्रशासनमा गएर कानसमातेर उठबस गरेर आए। अली हाम्रो भन्दा बढी उमेरका दाई दिदी हरु जो आफुलाई क्रान्तिकारी भनेर चिनाउथे उनीहरु गाँउ छाडेर भागी सकेका थिए। जता ततै तनाब हुन्थ्यो, भन्नाले फोउजी शासन थियो। कोही ठुलो स्वोरले बोल्दैन थिए। सेना, पुलिसको शासन थियो। तेतिबेला म ९ कक्षा पढ्ने भइसकेको थिए। दिनमा तीन पटक आकाशमा हेलिकटर घुम्थ्यो। गोला बारुद बम पड्केको आवाज सुनेन भने त, ल आज के भएछ होला भने जस्तो हुन्थ्यो। साचै भन्ने हो भने दन्द हाम्रो जिबनको अभिन्न अङग भाई सकेको थियो। जती बेला गफ गरे पनि तिनै हुन्थे। आज त यस्लाई कुटेछ, आज एसो गर्‍यो रे उसो गर्‍यो रे। आज फलानो ठाउमा एम्बुस पद्क्यो रे, खै कुन स्कुल मा बमा राखे रे। माओवादी ले एती मन अलैची लुटे रे, एसो गरे रे उसो गरे रे। माथि भेढी गोठमा फलानो लाई गोली हान्यो रे, यस्लाई यती चन्दा तोके रे, उस्को छोरो नै लगे रे……….

१० कक्षा मा पुग्ग्दा त मानसिक तनाब एती भएको थियो कि कुन बेला के हुने हो केही ठेगाना थिएन। १ बर्ष अगाडि देखी नै माओवादीले चैन्पुरमा आक्र्मण गर्छोउ भनेका थिए, त्यो बेला चैन्पुरमा जनपद प्रहरी मात्र थिए। आक्रमण गर्छोउ भनेर पत्र पाएको भोली पल्टनै जनपद जती कुम्लो कुटुरो बोकेर, सदरमुकाम तिर लागे। माओवादी को एक पत्रले नै काम गरी हाल्यो। चैन्पुर तकालिन ससस्त्र प्रहरी महानिरीछक कृष्ण मोहन श्रेष्ठको गाँउ पनि भएको ले होला अथवा कुनै कारणले हो, तेस्को भोली पल्ट नै ३००- ४०० जती सशास्त्र झारी हाल्यो। खास त्यो क्षेत्रका मान्छेको महादसा भने त्यहाँ बाट सुरु भएका हुन। त्यहाँ झारेकै दिन हाटमा गएर लेख तिर बाट झरेका २-४ जना राइ- लिम्बु कुटेर उस्ले आफ्नो कामको उद्घघाटन गर्‍यो। कारण थियो उनी हरुले खुकुरी बोकेर हाट आएको( त्यहाँका धेरै जातिले खुकुरी बोकेर हिन्द्नु सामन्य हो, त्यो खुकुरी ले कसैको हानी पुर्याएको मैले सुनेको छैन।) तेस पछी त चैन्पुर र वारीपरीका क्षेत्रमा लोग्ने मान्छे हरुले कुटाइ खाने स्रिन्खला नै चल्यो। कस्ले कुटाइ खायो, भन्दा पनि कस्ले खाएन भनेर खोज्न सजिलो थियो। “ए तैले अझै भेटेको छैनस”- यो मलाई मेरा साथी अनी दाई हरुले सोध्ने प्रश्न थियो।

माओवादी मास्ने नाममा एककिसिमको राज्य आतंक नै थियो। कोही बोल्दैन थिए। बिना कारण कुटाइ खानु पर्थ्यो। हाट बजारमा तरकारी, अनी चामल उनी हरु को पहिलो रोजाइ हुन्थ्यो। दाम उनी हरु नै राख्थे अनी किन्थे। पुलिसमा गोली र हतियारको मह्त्वो धेरै हुन्छ भन्ने सुनेको थिए तर त्यो मलाई झुट लाग्थ्यो, किनभने त्यो बेला पुलिसले बेकाममा धेरै नै गोली पड्काएको मलाई थाहा छ। तेती गरेर पनि माओवादीको नाममा एउटा मुसो समात्न सकेका होइनन। सबै जनता तर्साएका मात्र थिए।

S.L.C आएको थियो, साँझ सम्म स्कुल हुन्थ्यो, घर फर्कदा जहिले बाटोमा पुलिस भेट हुन्थे, जहिले छाम छुम पार्थे, जहिले अस्लील शब्दमा गाली गर्थे तर पिटी हालेका चाँही थिएनन। तेसैले एक दिन बुवालाई भनेर उतै स्कुल छेउ तिर नै डेरा बसेर पढ्नु पर्‍यो भनेँ, त्यो पनि बुवाले मानु भ्एन तर साँझको कक्षा भने सरलाई भनेर छुटाइ दिनु भयो। पुलिसको गाली त कती खाइयो कती। सायद काका माओवादीमा भएर हो कि किन हो मेरो घरमा दिन भरी पुलिस आएर बस्थे। कहिले त राम्रो गफ गर्थे, ममी ले चिया बनाएर समेत खुवाउनु हुन्थ्यो। म पनि दिउसो भरी घर मै पदी रहेको हुन्थे, छेउमा गएर उनी हरुका बन्दुक हेर्थे, बन्दुकका नाम सोद्थेँ। त्यो एउटा LMG भ्न्ने को बाइनाकुलर बाट निकै पर को कुरा पनि छर्लङ देखिन्थ्यो। उनी हरु भन्ने गर्थे, यस्ले त, त्यो पारी डाँडामा भएको मान्छे समेतलाई हान्न मिल्छ। तर भोली पल्ट अर्को टोली फेरी घरमा आउथ्यो सबै घर लथालिङग बनाइ दिन्थ्यो। बुवा त घरमा हुनु हुन्न थियो. के गर्नु भएको बाबु हरुले भनेर ममी ले सोद्धा छापा मारेको भन्थे। म मन मनै सोच्ने गर्थेँ, ए छापा मार्दा चाँही यसो गर्नु पर्दो रहेछ। छापा त कती मारे, कती मारे !! तर घर बाट भेटेर लगेको चाँही केही होइन। तेही पनि ति कम्युनिस्टका किताब चाँही उल्टाइ पल्टाइ हेर्थे। मेरो घरबाट लगेको भनेको एउटा माओका सन्कलित रचना हरु भन्ने किताब लागेका थिए, तेही पनि मेरो कोठामा भेटेर, अनी बि. पि कोइरालाको “हिटलर र याहूदी” भन्ने किताब पनि मैले किनेर राखेको थिए, त्यो किताबको बारेमा पनि निकै सोधी खोजी गरेका थिए। त्यो बेला कसैको घरमा कुकर छ भने चोउकीमा बुझाउन ल्याउनु भन्ने उर्दी जारी गरेका थिए, गाँउका मान्छे हरु सबैले बुझाये, तर मेरो ममीले भने धानको भकारीको मुनी लुकाउनु भयो, नयाँ थियो लोभ लागेर होला। नयाँ आउनु भएको डि एस पि सँग ममी ले राम्रो सम्बन्ध बिकास गर्नु भएको थियो, मेरो घरमा दिउसो तिर आएर चिया खाएर जान्थे कहिले काही। एक्दिन गफ गर्दा गर्दै ममी ले ” बाबु हरुले घरमा कुकर नराख्नु भनु भएको ले मैले त माओवादीले भेट्छन भनेर, धानको भकारीको मुनी लुकाएर राखेको छु” भन्दा त्यो डि एस पि मुसुक्क हाँसेर ठिक्कै छ नि त भनेको थियो। मलाई सबभन्दा नरमाइलो लागेको भनेको चाँही, बुवा ममी नै घरमा नभएको बेला पुलिस आएर टेलिफोनको तार झिकेर लगेका थिए। त्यो यती अमानबिय थियो कि मैले के गरेको यो भनेर सोद्धा, मलाई अर्को कोठामा थुनी दिएका थिए। त्यो बेला चाँही म पनि पक्का माओवादी भएको थिए। मलाई लाग्छ, संकटकालमा भएको राज्य आतंकले माओवादीको आकार निकै ठुलो बनाइदियो।

एकातिर पुलिसको आतंक थियो, अर्को तिर माओवादीले दिनै धम्की दिन्थे हामी लाई नै। “तिमी हरु बेस क्याम्पको नजिकै बसेका छोउ, आक्रमण भएको दिन देख्छोउ तिमीहरुलाई अगाडि लगाएर लान्छोंउ। पहिलो गोली तिमीहरुलाई लाग्छ अनी दोस्रो पुलिसलाई।” पहिला जनपद लाई जस्ताइ धम्की दिनै सशास्त्रलाई पनि आउथ्यो। तेही भएर सरकारले फोर्स थपेको थपेइ गर्थ्यो। आज आउछोउ भन्थे तल बेसी तिर परालमा गएर सुत्यो। फेरी अर्को दिन आउछोउ भन्थे, फेरी घर बाहिर नै भाग्न भनेर रात भरी बस्यो आउँदैनन। तेस्ताइ एक महिना जती धम्की दिने र हामी हरु घर छोडेर सुत्ने सिलसिला नै चल्यो। तेस पछी धम्की पनि आउन छोड्यो।

तर त्यो रात अचानक १२ बजेतिर कुकुर भुक्न थाले, मान्छे का लस्कर देखिन थाले उनिहरु सिधै बजार तर्फ अगाडि बढी रहेका थिए। नोन कम्ब्यतन्त हरु पनि धेरै देखिन्थे। कोठाको खिड्की बाट बिस्तारै हेरेँ। ल आज चाँही मरियो जस्तो लाग्यो, तर उनिहरु मात्र गए हामीलाई लगेनन। चारै तिर बाट बेस क्याम्प लाई घेरा हाले, बेस क्याम्प डाँडामा थियो। एउटा माओवादीले घेरा हाली सकेकोले आत्मसमर्पण गर्न भनेर माइकिङ गर्‍यो तर डिउटीमा रहेको गार्डले उस्ले माइकिङ गरी सक्नु भन्दा अगाडि नै उस्लाई लडाईंदियो, उ लड्न नपाई माओवादीले फायर खोले त्यो डिउटिको पुलिसको पनि देहलीला समाप्त भयो। तेस पछी रात भरी बम गोला। के भयो कसैलाई थाहा भएन। तर बिहानको चार बजेदेखी माओवादी फर्कन थाले, खाध्य संस्थान बाट कब्जा गरेको चामल का बोरा बोकेका थिए केहीले, कसैले गोली लागेका घाइते बोकेका थिए। घाइते हरु आया आया भनेको मेरो कोठामा नै सुनिन्थ्यो। कोइ कोइ ले चाँही मरेको लाई बोकेका होलान तुर्लुङ काँधमा झुन्द्याएका देखिन्थे। बिहान सात बजे सम्म माओवादी हरु फर्कने क्रम चल्यो। बिहानको उज्यालो मा हेर्दा खेरी चोउरीको लस्कर जस्तो देखिन्थ्यो।

बजारतिरको खबर बुझोउ न भनेर जाँदा चैन्पुर बजार पुरै कुरुप थियो। शाहु हरुका ठुला ठुला घर जलाइएका थिए। सरकारी कार्यालय सबै जलेका थिए, ति सँग सँगइ वारी पारीका घर पनि जलेका थिए। यसो बस्तुस्थिती बुज्दा माओवादीले अन्तिम बिजय गर्न नसकिएको बुझियो। माओवादीको ठुलो नोक्सानी भयो त्यो युद्धमा। ८ बजेतिर सैनिकको हेलीकप्टर आयो, ५०-६० जना सेना पनि झार्यो, फेरी आकासमा उढ्यो, वारीपरी आकाशबाट नै २-४ वटा बम खसाल्यो अनी आफ्नो बाटो लाग्यो। जब बम खसाली रहेको थियो चैन्पुर वारीपरी तेती बेला माओवादी चाँही चैनपुर बाट पल्लो बजार पोखरी( १ घण्टाको पैदल बाटो)मा खाजा खाएर बसी रहेका थिए। 2 बजेतिर हेलिकप्टरले झारेका सेना परिचालित भए, तेतिबेला माओवादीले डाँडो काटी सकेका थिए। सेनाको काम नै त्यो दिन भरी बाटोमा जो भेट्छ तेस्को करङ गन्ने भयो। त्यो दिनमा मात्र ५०-६० जना गाँउले ले धुलाई भेटे होला।

तेस पछी +२ पढ्न काठमाडौं आएँ। त्यो घाऊ बिस्तारै निको भयो। साथी हरुलाई र सर हरुलाई कहिले काँही सुनाउथे, निकै चासो मानेर सुन्नु हुन्थ्यो। जब सुनाइरहेको हुन्थेँ, म डरले काँपी रहेको हुन्थेँ सबै जना छक्क पर्थे। म सुरछित भये जस्तो लाग्थ्यो, तर घरमा पिडा उही थियो। बुवा हरुलाई राती राती कता – कता लाँदा रहेछन माओवादीले बैठक भनेर। ममिलाई पनि खाना बनाउन लाउने। घरमा एक्लै भएको बेलामा पनि आएर बसिदिने, थर्काउने गर्दा रहेछन। ममीले कहिले कँही सुनाउनु हुन्थ्यो, साह्रै दु:ख लाग्थ्यो, मैले के नै पो गर्न सक्थे र( यो पनि एउटा कारण थियो, मैले आफ्नै काकी उमेद्वार हुँदा पनि माओवादीको बिरुद्धमा भोट हालेको).

पछी दशै तिहार, कहिले काही छुट्टीमा मात्र घर जान थालियो। चैन्पुरमा पुलिसको आतंक उही थियो। जाँड रक्सी खाएर स्थानिय युवा हरु सँग झगडा गर्ने अनी ब्यारेक नै उठेर आएर कुटपिट गर्ने, यो चैन्पुरको दैनिकी नै थियो। एकपटक असार साउन मा कक्षा १२ मा पददा घर गएको थिएँ। घरमा टि. भि को प्लक बिग्रियो र किनेर लिएर आउनु पर्‍यो भनेर चैन्पुर बजार गएँ। सिम सिम पानी पारी रहेको थियो। बजारको पुछारमा त्रिचोक भन्ने ठाउँ छ त्यहाँ जादै थिएँ। एउटा मान्छेले अस्लिल शब्द प्रयोग गरेर कसैलाई बोलाइरहेको थियो- “ओ…….. का छोरा!!” म नसुने जस्तो गरेर हिँडे किनभने मलाई लाग्यो को दिउसै मातेर कराइ रहेको होला। तर त्यो वाक्य फेरी दोहोरियो। ” बहिरो छस कि गोली खान मन लागेको हो?” मलाई त्यो वाक्य म प्रती लछित जस्तो लाग्यो। यसो पछाडि फर्केर हेरेको एउटा फोउजी लुगा लगाएको मान्छे म तिर हेरेर कराइरहेको छ। “यहा आइज………)” म बिस्तारै गए र भने- “मलाई बोलाउनु भएको हो दाई?” उस्ले मेरो गालामा रन्थनिने गरी हान्यो र भन्यो- “तेरो म दाई हो?” फेरी मैले सोधे- ” अनी के भन्नु त?” उस्ले भन्यो “कान छैन ……. का छोरा तेरो, भिनाजु भन भिनाजु।” फेरी एक थप्पड लगायो। उस्को अनुहारमा हेरी रहेँ। मेरो केरकार गर्न थालयो। ” नयाँ होस्” मैले होइन भने यही मास्तिर हो घर भने, उस्ले पत्याएन। “ढाट्छस …… ” फेरी एक थप्पड लगायो। म के भन्नु, के भन्नु भए।तलाई कहिले देखेकै छैन भन्यो। मैले भने म काठमाडौं मा पद्छु भिनाजु। अर्को थप्पड थप्यो अनी सर भन भन्यो। तेस पछी चाँही सर का सर दिये पछी खुशी भयो।

“के बिषय पद्छस ?” – “बायालोजी सायन्स”। त्यस्तो पनि पदाइ हुन्छ आइ. ए, बि. ए ke हो? मैले I.A हो भने। कार्ड हेर्यो। अङ्रेजिमा थ्यो कार्ड मैले उल्था गरी दिये अनी छोड्यो। अनी त्यो टि.भि को प्लक किनेर घर गएँ। तर मैले यो कुरा कहिले पनि मेरो ममीलाई सुनाइन। पछी मैले एसो तेस्को बारेमा बुज्दा त उस्ले भर्खर भर्खर मात्र चैन्पुर कि एुउटी मैया उडाएको रहेछ, तेसैले केटा हरुले उस्लाई भिनाजु भन्दा रहेछन। हुन पनि त्यो दन्दको अबधीमा चैन्पुर र वरी परीका गाँउका धेरै मैया हरु पुलिसले उडाएका थिए। तेसैले अहिले पनि रमाइलो गर्न लाई त्यो बेस क्याम्प भएको ठाउँ लाई त्यहाँ ज्वाँई डाँडो भन्छन। होइन यि पुलिस हरु कती सिपालु हुन भन्या, आएको ६ महिना भित्र त प्रेम गर्न भ्याइ वरी भगाई सक्छन भन्या। तिनी हरु लाई त तेस्को पनि तालिम दिन्छन कि के हो? तर यो सामाजिक बिकृतिको को असर चैन्पुरमा पुस्तोउ पुस्ता सम्म पर्ने देखिन्छ।

तेस पछीका धेरै समय काठमाडौंमा बिताइयो। माओवादीले दुरबेबहार गरिरहन्छन भन्नु हुन्थ्यो ममिले। दु:ख लाग्थ्यो।

सान्ती सम्झोउता भयो। अहिले तुलनात्मक रुपमा त शान्ती नै छ। तर आज पनि कोही ढुक्क हुन सकेका छैनोउ। मलाई दन्द फेरी देख्न छैन किनभने यस्ले मेरी आमालाई दुखी बनाएको छ तेसैले मलाई दुखी बनाये को छ। सारा नेपाली आमाको हृदय दु:खाएको छ, तेसैले सारा नेपालीको हृदय दु:खाएको छ। तेसैले मेरी आमालाई युद्ध मन पर्दैन, मलाई युद्ध मन पर्दैन !!

मुकेश

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on December 16, 2010, in 1 and tagged . Bookmark the permalink. 4 Comments.

  1. suman shakya

    o ho ,sarahi raamro lekh tayaar bhae6…
    bhai, mukesh …dangee haina …? malai testai laagyo..pauna ta anuj adhikari ko bata paaeko ho…pahile ta usaile lekheko thanya thie ,tara timro name antama rahe6….la bhaai dherai dhanyabaad lekh saarbajanik gaareko ma…saachai headline ma bhaane zastai bhayo ….manai 6oyo bhanya…ops- tee puraana dwandaka dinharu..
    keep in touch…

  2. suresh subba

    thanks mukesh ur lekh sarai ramro lagyo bastabma yo hamesabai nepali le 10 barse dandakal ma vogeko yatharthata ho

  3. himal gautam

    excellent good writting for topices.i like very much dai.

  4. padam Kumar shrestha

    excellent and supreb articles….i like it very much..it is true and real facts.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: