नयाँ मिडिया र अभिबेक्ती स्वतन्त्रता



सायद कमैले मात्र सोचेका थिए होलान, विश्वब्यापिरुपमा संचारको यती द्रुत र अक्ल्पनिय बिकास हुन्छ होला भनेर। लगभग १0 बर्षको अबधिमा संचार माध्यमको Viral Growth संगै पारीभासा समेत फेरिएको छ। हिजो संचारमाध्यम भन्नाले सामन्यतय सुचनाको प्रबाह गराउने माध्यम हुलाक, टेलिफोन, टेलिभिजन, रेडियो र पत्रपत्रीका लाई चिनिन्थे तर पछील्लो दसकमा इन्टरनेटको बिकास सँगइ ति पुराना माध्यम हरुले मात्र संचारमाध्यमको पारीभासा समेट्न नसक्ने भएका छन। फेसबुक, इन्क्रिडिबल मेल, Twitter , गूगल, You TUbe, My space र बिभिन्न किसिमका ब्लग को लोकप्रियता संगै अब सुचना पाउनको निम्ती, समचार सुन्नको निम्ती पुराना छापाका माध्यममा भर पर्नु पर्ने दिन हरु गएका छन। नेपाली फुटबल टिमका सदस्य रोहित चन्द माथि रङगसालामा प्रहरीले दुरब्याबहार गरेको खबर राती ७ बजेमात्र टि भिमा हेर्न पाइयो, तर त्यो खबर रोहितले मोटर साइकलबाट नझरी नै Tweet गरिसकेका थिए, ७ बजेको समचारमा त्यो कुरा बासी भै सकेको थियो।

नेपालको सन्दर्भमा हेर्दा सुचनाको प्रबाहको निम्ती, परेवाको खुट्टामा चिट्ठी बाँधेर सन्देस पठाउने देखी लिएर, दमाह र सँखका कथा हरु सुन्न पाईन्छन। उक्त कुराको अनुभब नभए पनि सानो छदाँ आकाश बाणी (आवा) को माध्यमबाट मामाघरको हजुरबा सँग बोलेको अनुभब छ म सँग, त्यो बेलामा निकै छोटो कुरा गर्नु पर्थ्यो किनभने आवा गर्ने मानिसहरुको दुरसन्चार कार्यालयमा लाइन नै हुन्थ्यो र गाँउमा फलानाको आवा आयो हरे भनेर सिर देखी पुछार सम्म नै हल्ला हुन्थ्यो। कुरा यती छोटो गर्नु पर्ने कि बाउले इन्डियामा नोकरी गरिरहेको छोरालाई “भुइँसी मर्यो पोइसा पठाइ दे” भन्दा, (भुँ म पो प) भन्नु पर्छ भनेर रमाइलो गर्थे। त्यो बाहेक हुलाकको कथा पनि तेस्तै रमाइलो हुन्थ्यो, हजुरआमाले काठमाडौंमा पड्दै गर्नु भएका काकाको सन्च बिसन्चको खबर बुझ्न चिठी लेख्न लगाउनु हुन्थ्यो, र त्यो चिट्ठी हुलाकमा हाले पछी काकाको हातमा पुगेर १ हप्ता देखी रुघा खोकिले सताइरहेको छ, अरु त सबै ठिकै छ भन्ने जवाफ ६ महिना पछी आउथ्यो। तेही सुनेर हजुरआमा मख्ख पर्नु हुन्थ्यो। घरमा एउटा थोत्रे रेडियो हुन्थ्यो, शनिबार मध्याहमा दिने नाटक सुन्न निकै रमाइलो लाग्थ्यो र त्यो बाहेक म समाचार पनि नियमित सुन्ने गर्थेँ। पत्र पत्रीकाको कुरा गर्दा- सबै पत्रीकालाई समग्रमा गोरखापत्र भन्थेउ हामी, १ महिना पछी आँउथे त्यो पनि किनेर घरमा ल्याएर पडी सके पछी जतनका साथ राक्थेँ म, अनी दसैंमा घरको लिपपोत सकिए पछी कोठामा स्टिज मारेर टाँसे पछी १ बर्षको लागि कोठा सुन्दर हुन्थ्यो। यो मेरो भोगाइ हो, मेरो पुस्ताका अरुको भोगाइ फरक हुन सक्छ, तर पनि यो अवस्थाले १०-१२ बर्ष अगाडिको नेपालमा संचार माध्यमको चित्रण गर्छ।

तर आज कथा बदलिएको छ, जहाँ नुन पुग्न सकेको छैन, त्यहाँ The New York Times, Morning Glory, Washington Post र The Economist पुगेका छन। । जहाँका विद्यार्थी हरु पाठ्य पुस्तकको अभाबमा पढ्न पाएका छैनन, उनी हरु आफुले पढ्न नपाएको ब्यथालाई फेसबुकमा अपडेट गर्छन् र कमेन्टको माध्यमबाट आफ्ना तर्क बितर्क गर्छन्। अस्ती मात्र मेरो सँखुवा सभा , गुफापोखरिको बाल्यकालको साथीले जङलबाट नै Tweet गरेको रहेछ, आज एउटा भेडा हरायो, पक्कै पनि बाघले खायो होला? मैले अमेरिकाको ओहायो स्टेटबाट नै रिप्लाई गरेँ, “यार मलाई दु:ख लाग्यो, अरु भेडा हरुको सुरक्षामा ध्यान देउ।” उसले धन्यवाद मुकेस भन्यो।
सुचना र संचारमा कती बिकास भएको छ र यसको सक्ती कती छ भन्ने कुराको यो एउटा सुन्दर उदाहरण हो।

संचारको बिकास यो उचाइमा पुगी सक्दा पनि, नेपालका संचार माध्यम र संचारकर्मिको चेतनाको भने निकै दयनिय छ। केही औंलामा गन्न सकिने संचारकर्मी र लेखकका लेख बाहेक अरुमा सत्यता र बैज्ञानीकता देख्न सकिदैन। नेपालका स्थापित मिडिया हरुमा अहिले पनि गाली गलोउज र नकरात्मक चिन्तनले भरिएका समचार र लेख हरुको बिगबिगी देख्न सकिन्छ। हो कुनै एउटा दलको नेताले लेखेको लेखमा biaseness देखिनुलाई सामन्य रुपमा लिन सकिन्छ। तर नागरिक समाजका अगुवा हरु, संचार माध्यमका जागिरे हरुले आफ्नो स्थापित प्रतिस्ठालाई भजाएर कुनै एउटा दल, समुह र प्रब्रितीको भजन गाउन थालछन भने तेसले समाजमा गलत सन्देसको प्रबाह गर्ने गर्छ।

बिबिध कारणले गर्दा पुराना संचारका माध्यमबाट सबैले सबैका कुरा हरु राख्न सक्दैनन। नेपाल जस्तो राजनीतिक रुपमा अस्थिर मुलुकमा धेरै जसो समचार राजनीतिक नै हुने गर्छन्। स्तम्भकार हरु ले पनि धेरै राजनीतिक स्तम्भ हरुनै लेख्ने गर्छन्। शायद सबैको चासो राजनीतिमा नै भएर होला। बिसुद्ध राजनीति भन्दा परका लेख रचना हरु र समाचार हरु तेती धेरै आउँदैनन, आए पनि बिस्त्रितमा आउँदैनन। म आफु बिज्ञानको विद्यार्थी भएको हुनाले बिज्ञान र वातावरण सम्बन्धी समाचार हरु नियमित रुपमा पत्र पत्रीकामा खोज्ने गर्छु। धेरै जसो जलबायु परिवर्तन, बन जङल र फोहरमैलाका कुरा ले मेरो ध्यान निकै खिच्ने गर्दछ। तर ति बिषयहरुमा लेखिएका समचार र लेख हरुमा समस्या देखाइन्छ तर अन्त्यमा सबै कुरा लगेर राजनीति सँग जोडीन्छ। यस्तो प्रब्रित्तीले बिषयबस्तुको मह्त्वलाई छायाँमा पारी दिन्छ।

भुमन्डलीकरणको बड्दो प्रभाब सँगइ अन्तरास्ट्रिय स्तरका समाचार हरु थाहा पाउन अहिलेका चल्ता फिर्ता पत्र पत्रीका र टि भि मा भर पर्न नपरे पनि नेपाल भित्रका राजनीतिक बाहेकका समचारको पहुँचबाट आफु टाढा नै भएको महसुस हुन्छ। तर पनि यसको समाधान पनि नयाँ मिडियाले दिएको छ। ७५ नै जिल्लाका साथी हरुले फेसबुकमा स्टाटस अपडेट देखी लिएर, Twitter को माध्यमबाट आफु वरीपरी घटिरहेका घटना हरुको जानकारी गराइनै रहनु भएको हुन्छ। मलाई फेसबुकमा अरुण उपत्य्का  भन्ने एउटा प्रोफाइल धेरै मन पर्छ, त्यो पक्कै पनि सँखुवा सभाको कुनै एउटा साथीको प्रोफाइल हो, त्यहाँ बाट म प्रतेक क्षण मेरो जिल्लामा घटिरहेका घटना हरुको जानकारी लिने गर्छु। तेसैले मलाई कुनै पनि समय लाग्दैन म संखुवा सभा भन्दा टाढा छु। धन्यबाद त्यो अपरिचित साथी लाई !! अनी अर्को समुहका साथी हरु ब्लगको माध्यमबाट सम्चार प्रसारण गर्नु हुन्छ र आफ्ना बिचार हरु राख्नु हुन्छ, त्यो पड्दा पनि रमाइलो लाग्छ। चित्त बुझेमा तत्काल धन्यबाद भनिन्छ, चित्त नबुझेमा आफ्ना धारणा राखिन्छ र त्यहाँ पनि एउटा ठुलो समुह बिचमा बिचारको आदान प्रदान हुने गर्छ। त्यो बाहेक पनि नयाँ मिडियाकै माध्यमबाट सामाजिक काममा लगिरहनु भएको साथी हरुको जमात पनि ठुलो छ। जस्को उदाहरणको रुपमा Tweet For Cause Nepal लाई लिन सकिन्छ, जसमा युवा साथी हरुले Tweet कै माध्यमबाट समाजसेवा गरी रहनु भएको छ। तेसैले पनि नयाँ मिडियाको यो सुन्दरताको यो सुन्दरतालाई हामीले बेवास्ता गर्न सक्दैनौ।

सबै कुराका राम्रा नराम्रा पक्ष हुन्छन। नयाँ मिडियाका पनि नराम्रा पक्ष हरु छन, तर पनि प्रयोगकर्ता सचेत हुने हो भने ति नराम्रा पक्ष हरुलाई सजिलै निराकरण गर्न सकिन्छ। तेसैले आज हामी निर्धक्क रुपमा आफ्ना धारणा हरु राख्न सक्ने भएका छोँउ। हिजो अभिबेक्ती स्वतन्त्रतालाई रोक्न हुँदैन भन्ने मान्यतामा संसार चलेको थियो तर आज अभिबेक्ती स्वतन्त्रतालाई रोक्न सकिन्न भन्ने मान्यता मा संसार चलेको छ।

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on August 16, 2011, in 1. Bookmark the permalink. Leave a comment.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: