प्राबिधिक पुस्ता र नेपालको परीचय


“हट्ने होइन डटी लड्ने, नेपालीको बानी हुन्छ
कहिले नझुक्ने सिर उठेको स्वाभिमानी नेपाली हुन्छ
बिस्वको कुना काप्चामा खोज, नेपाली को मुटुमा खोज
जहाँ सिङो नेपाल हुन्छ, त्यहाँ राजा- रानी हुन्छ।”

मैले कक्षा ४ मा हुँदा होला- गर्जी गर्जी सिर ठाडो पारेर यो गीत गाएको याद अहिले पनि आउने गर्छ। दोहोर्याएर यो पन्क्ती हेर्दा अहिले पनि लाग्छ कि हामी नेपाली संसारमा निकै प्रख्यात छोउ,निकै बहादुर छोउ।

“हामी सँग के छैन सोलुखुम्बुमा सगरमाथा छ, लुम्बिनी मा बुद्ध छ, पोखरामा माछापुछ्रे छ, संखुवा- सभाको अरुण उपत्यकामा चरा त कती कती। अनी हामी सँग नालापानी को कथा छ, हाम्रा पुर्खा ब्रिटिशको लागि लडेको सिङो ईतिहास छ। त्यो बाहेक आपा शेर्पाले २० पटक त सगरमाथा नै चढिसके।”
– तर यो सब चाँही का छन नि?
-नेपालमा ।
-अनी नेपाल कहाँ छ नि?
– चाइना र ईन्डियाको बिचमा।
– ए! चाइना र ईन्डियाको बिच (beach )मा ?
-Beach मा होइन। Nepal is land lock. So we don’t have beaches.
-I mean it’s between India and China.
यो सम्बाद मेरो एकजना साथी को साथी (अहिले मेरो पनि साथी) बिचको हो। जो नेपाल मा सडक बाल बालिका को लागि काम गर्न यही अगस्टमा नेपाल जादै छिन, तेसैले जोड्तोडले नेपाली भाषा सिक्दैछिन, तेसैले तोते तोते पाराले भये पनि म सँग नेपालीमा कुरा गर्न खोज्छिन।

म वाक्क भाई सकेको छु ईन्डिया र चाइनाको नाम लिदा लिदा। जब मलाई कसैले सोद्छन where are you from ? मलाई कहिले काँही त म ईन्डिया र चाइनाको बिचबाट आएको हुँ भन्न मन लाग्छ । किनभने मैले त्यो भन्नै पर्छ। अनी हाम्रो परिचयचाही के हो त ? अनी हामीले कतिन्जेल यही परिचय दि रहनु पर्ने? सगरमाथा त नेपालमा छ तर नेपाल कहाँ छ त? यो प्रश्न सधैं मेरो मन मा आइरहन्छ।

संसारका सबै स्कुलले बुद्ध धर्म (Buddhism) को बारेमा पदाउछन, तर बुद्ध कहाँ जन्मेको भन्ने बिषयमा चाँही संसार भरीका स्कुले विद्यार्थी जहिले नि कन्फ्युजमा। मलाई कुनै धर्ममा आस्था नभए पनि बुद्ध धर्मको चाँही अली माया लाग्छ। कलेजमा inter cultural sharing program अन्तर्गत मैले आफ्नो रिलिजनको बारेमा स्कुलमा गएर कक्षा लिनु पर्ने भयो। म सँग दुई option थिए हिन्दू धर्म अथवा बुद्ध धर्म। मेरो रोजाइमा दोस्रो पर्‍यो। कक्षा ९ का बिधयार्थी हरु थिए, उनी हरु ले बुद्ध धर्मको बारेमा कक्षा ५ देखी नै पद्दै आएको बताए, म पनि खुशी नै भए। मैले परिचय दिने क्रममा आफु नेपालबाट आएको र तेही देसमा नै बुद्ध जन्मेका हुन भन्दा त विद्यार्थी छक्क पर्छन बा!! उनी हरु ले बुद्ध नेपालमा जन्मेको त ४ बर्षमा पनि सुनेका रहेनछन। अनी तेती बेला चाँही बुद्धलाई धन्यवाद नदीइ रहन सकिन धन्न हाम्रा मित्र देस ले भ्रम फैलाउन चाँही पाएका रहेनछन। अनी कुरा मा कुरा चल्दा मैले सोधे who Knows the name of the highest peak in the world? एउटा विद्यार्थीले हत्त न पत्त बाठो भएर हात उठायो, यसले चाहि आज मेरो इज्जत राखिदिने भयो भनेर हल्का मुस्कुराएको त North ice peak पो भन्छ,नेपाल को विद्यार्थीले लाई भए एक भाटो दिन्थे होला । यो उदाहरण त स्कुले विद्यार्थीको मात्र हो तर मेरा कक्षाका सहकर्मी साथी हरुलाई पनि नेपाल भन्ने कुन चराको नाम हो जस्तो छ। यदी कुनै साथी ले नेपालभन्ने चालपाइ हाले भने त मैले उनिहरु लाई सिधै कफी खुवाउने गरेको छु।

अनी फेरी आफ्ना गुरुको कुरा सम्झ्न्छु, नेपाल त संसार मा धेरै प्रख्यात छ भन्थे ? हुन पनि सक्छ, तर अहिले को नयाँ पुस्ता जो सँग मेरो धेरै सम्बन्ध हुने गर्छ, उनी हरु लाई चाँही थाहा रहेनछ। यस्को अर्थ हिजोको हाम्रो किर्तीको छाप नयाँ प्राबिधिक पुस्ता मा चाँही सर्न सकेनछ। हिजो को ईतिहास त Expire भै सकेछ। अब नेपाललाई फेरी चिनाउने जिम्मा चाँही हाम्रो नै हो कि?

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on June 15, 2010, in Uncategorized. Bookmark the permalink. 5 Comments.

  1. great article bro… we all with you …

  2. Ashok Sapkota

    Mukesh article is reality based and really gud.i m impressed from your articles,keep writing.hats off for your dedication on quality,happening and truth based articles,i will be waiting for more and more……………..

  3. I am really very glad to see your writings ….. good keep it up. Dukha lagcha tara hamro desh yestai chha…

  4. this is truth. This happen to most of the Nepali who live abroad for study or some other purpose.

  5. Mukesh, aaja balla padhna paye !! sachai- sarai ramro lagyo!! dherai choti maile ni bhogeko ra sadhai mann ma rahirahane kura ho..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: