Blog Archives

‘क्रान्तिकारी हिमाल’ र बैज्ञानीक शिक्षा


सबैलाई समान शिक्षाको अबधारणा अनुसार, अखिल क्रान्तिकारीले निजी बिद्यालयबाट नेताका छोरा छोरीलाई निकाल्ने अभियान चलाइरहेको बेला तेही संगठनका प्रमुख हिमाल शर्माले आफ्नो छोरालाई चिनमा पढ्न पठाए, त्यो कुरा कहीँ पनि समाचार बनेन र बन्नु पर्ने खासै कारण पनि थिएन। बिज्ञान संकायमा प्रबिणता सकेको एउटा किसोर डक्टर बन्ने उदेस्यका साथ चिन उडेको थियो। त्यो कुरा कसैको टाउको दु:खाइको बिषय थिएन, र चर्चा गर्न आबस्यक पनि थिएन। तर जब उनका बाबुले उनलाई चिन बाट फिर्ता बोलाए त्यो घटना सबैको चासो र चर्चाको बिषय बन्यो। कतिले ताली दिए, कतिले गाली दिए। ताली दिनेले त्यसलाई हिमाल शर्माको त्यागको रुपमा चित्रण गरे भन, गाली दिनेले उनलाई मुर्खको रुपमा चित्रण गरे। तर फेरी आज उनकै पार्टिका नेता प्रचन्डको निर्देशनमा हिमाल शर्मा छोरालाई चिन पठाउन सहमत भएका छन। हिजो तिनै प्रचन्डलाई दबाब दिन उनले छोरालाई फिर्ता बोलाएका थिए, तर आज तिनै प्रचन्डको दबाबमा उसलाई फिर्ता पठाउदै छन, जसले उनमा ठुलो नैतिक संकट खडा गरिदिएको छ। उनी न त प्रचन्डको आदेस नै उलङ्घन गर्न सक्ने स्तिथीमा छन न अब उनको नेताका छोरा छोरीलाई निजी बिद्यालयबाट निकाल्ने अभियानको नेत्रित्व गर्न सक्ने हैसियतमा छन। अन्त्यमा लाटो लड्छ १ बल्ड्यांग, बाठो लड्छ १० बल्ड्यांग जस्तो भएको छ।

नेताका छोरा छोरीलाई निजी बिद्यालयमा पढाउन हुँदैन? हिमाल शर्मा आज यही हास्यस्पद आन्दोलनका नेता हुन, जसमा आफ्नो राजनीतिक अभिस्ट पुर्ती बाहेक केही पनि देखिदैन। न त यो आन्दोलन सफल नै हुन्छ। उनी केबल सतही रुपमा स्याबासी पाउनको निम्ती र आफुलाई ब्यस्त राख्नको निम्ती मात्र कथित आन्दोलन चर्काइरहेका छन। उनी आफुलाई नैतीक रुपमा चोखो देखाउन चाहन्छन। सम्पूर्ण सैक्षिक संस्थालाई ब्यारेकिकरण गर्नु पर्छ भन्ने सिदान्त बोकेका उनी शिक्षामा बैज्ञानीकता र आधुनिकिकरण होइन, सम्पूर्ण शिक्षा प्रणाली नै अस्त बेस्त पार्ने मार्ग तर्फ अग्रसर छन। राज्यले शिक्षामा लगानी गर्न नसकिरहेको अवस्थामा, निजी क्षेत्रको प्रबेस सँगइ केही सुधार देखिदै गर्दा,आज त्यसमा हिमाल शर्मा हरुको बक्र दृष्‍टि परेको छ। हो नेपालको शिक्षा प्रणालिमा सुधार गर्नु पर्ने धेरै कुराहरु छन, तर आन्दोलन, तालाबन्दी र धम्किलाई नै सबै समस्याको अचुक समधान देख्ने हिमाल शर्माहरुको निती बाट त्यो सम्भब छैन।

सरकारी बिद्यालय र क्याम्पसहरु जहाँ हिमाल शर्मा हरुको हाली मुहाली छ, त्यसको अवस्थाको बारेमा बोल्नु पर्ने आबस्य्क्ता छैन। एउटा सामन्य प्रा बि मा शिक्षकको नियुक्तिमा समेत हस्तक्षेप गर्ने, र टि युको भि सिलाई समेत कालो मसो दल्न अग्रसरहुने हिमाल शर्माहरु ले जिबन उपयोगी, बैज्ञानीक र समान शिक्षाको नारा लाउनु भनेको नेपाललाई ५ बर्षमा स्विटजरल्यानन्ड बनाउछु भन्ने चलचित्रको भाग २ मात्र हो।
हिमाल शर्मा एउटा बेक्ती होइन प्रब्रिती हो, जो जहिले पनि शिक्षामा बैज्ञानीकिकरणका ठुला ठुला भाषण गर्छ तर वास्तविक रुपमा सुन्दर भबिस्यको कल्पना गर्दै पढिरहेका विद्यार्थीको भबिस्य बर्बाद गर्ने बाहेक केही पनि गर्न सक्दैन। आज बिद्यार्थी संगठनका नाममा राजनीतिक गर्ने हरुको एउटै उदेस्य छ, शिक्षामा बैज्ञानीकिकरण, तर त्यो उदेस्य प्राप्तिको लागि एउटा सिन्को पनि नभाँची स्कुल र क्यापस हरुलाई केबल आफ्नो माउ पार्टिलाई स्थापित गर्नको लागि सिङोउरी खेल्ने थलो बनाएका छन। यो नै तितो वास्तविकता हो।

आखिर कस्ले दियो हिमाल शर्मालाई यो अधिकार जो भन्दै छ- फलानाको छोराले यो गर्न हुने, ढिस्कानाकी छोरीले यो गर्न नहुने? के निजी बिद्यालयमा आफ्नो छोरा छोरीलाई पढाउनु पाप हो? आज निजी बिद्यालयमा पढाउन हुँदैन भन्लान, भोली टि भि हेर्न हुँदैन भन्लान, पर्सी मोबाइल बोक्न हुँदैन भन्लान। आखिरमा सबै नेपाली सँग टि भि र मोबाइल त छैन नि, किन हेर्ने त टि भि नेताका छोरा छोरी ले? सबै नेपालीका छोरा छोरीले दुई पेट खान त पाएका छैनन नि, किन खाने त नेताका छोरा छोरीले? हो समस्या सबै तिर हुन्छन, तर जब सिस्टम भन्दा बाहिर गएर समाधान खोज्न थालिन्छ तेसले समधान भन्दा बढी अर्को समस्या थप्ने गर्छ। यदी हिमाल शर्मा शिक्षामा सुधार नै चाहन्छन, समानता नै चाह्न्छन भने त्रिभुबन विश्वबिद्यालयको सुधार तर्फ ध्यान दिउन। ३ बर्षको स्नातक तहको पढाई सक्न ५ बर्ष लाग्छ, एउटै कक्षामा ५०० जना भन्दा बढी बसेर पढ्नु पर्ने अवस्था छ। बिज्ञान बिषय पढाई हुने कलेजका प्रयोगसालाहरु प्रतेक बर्षको नतिजा प्रकाशन सँगइ तोडिने गर्छन्। अनी तेही कलेजको प्रांगणमा गएर शिक्षामा क्रान्ती ल्याउने भाषाण गर्छन् हिमाल शर्मा जस्ता क्रान्तिकारी हरु। के यिनले चाहेको बैज्ञानीक शिक्षा यही हो?

‘त्यागी’ हिमाल शर्मा चाहन्छन शिक्षामा सुधार, शिक्षामा समानता- यो हिमाल शर्माको मात्र चाहना होइन, यो सबै नेपालीको चाहना हो। तर के निजी बिद्यालय बन्द गराएर यो सम्भब छ? के राज्यले सबै नेपाली बालबालिका र युवाको उच्च शिक्षाको ग्यारेन्टी गर्न सक्छ? पक्का पनि सक्दैन। तेसले आफ्नो सन्तानको उचित शिक्षा दिक्षाको दाइत्वो अबिभाबकले लिनै पर्छ। आफुले मेहनत गरेर कमाएको सम्पत्ति छोरा छोरीको शिक्षाको लागि लगानी गर्छन् त अरुले टाउको दुखाएर केही पनि हुन्न। निजी बिद्यालयले जबर्जस्ती कसैको लुटेका छैनन नि। आजको जस्तो खुला समाजमा ब्यापार ब्यवसाय गर्ने अधिकार सबैलाई हुन्छ। बिद्यालय खोले पछी तेसमा लागेको लगानी उठाउने र नाफा कमाइ दुई पेट खाने अधिकार सबै बिद्यालयका संचालकलाई हुन्छ, र आफ्नो छोरा छोरी लाई कहाँ कुन बिषय पढाउने भन्ने अधिकार पनि अबिभाबक लाई हुन्छ। के हिमाल शर्माले जबजस्ती गरी हाले सरकारी स्कुलमा नै पढाउन त भनेर सबैले भन्दिनु पर्ने? होला हिमाल शर्मा ठुलो नेता बन्लान कुनै दिन, तर उनको यो अभियान किमार्थ सफल हुनैन, किन भने उनी गलत धारातलमा उभिएर सस्तो लोकप्रियताको लागि यो अभियान चलाइरहेका छन। भाबनाले संसार चल्दैन, बास्तबिकता तितो नै हुन्छ.

हिमाल शर्माले आफ्नो छोरालाई चिन पठाए, फेरी फिर्ता बोलाए। बाउले आउ छोरा भनेर भने छोरा फिर्ता आए, यो उनी हरुको पारिवारिक कुरा भयो। तर जब तेही प्रसँगलाई महान त्याग र बलिदानिको पगरी गुथाइयो, त्यो भने हास्यस्पद नै छ। जुन पगरिले एउटा युवकको भबिस्य माथि अन्याय गरिरहेको थियो, र उसको बाबु चाँही आफ्नो राजनीतिक अभिस्ट पुरा हुने सपनामा रमाइरहेको थियो। तर आज प्रचन्डको हुकुम सँगइ फेरी परिस्तिथीले कोल्टो फेरेको छ, जसले धेरै हिमाल शर्मा हरुको अग्नी परिक्षा गर्ने छ।