काठमाडौंको फोहोरको थुप्रो म र सभ्य मेरो परिवार


“I think I’m going to Katmandu
I think it’s really where I’m going to
If i ever get out of here
That’s what I’m gonna do
K-k-k-k-k-Katmandu
I think that’s really where I’m going to
If i ever get out of here
I’m going to Katmandu”
– Bob Seger
जब अमेरिकि रक गायक Bob Seger क्या….. क्या…. क्या…. क्याटमान्डु गाइ रहेका हुन्छन उनमा एक प्रकारको जोस देख्न सकिन्छ। उनी गाइरहेका मात्र छैनन, बजाइरहेका मात्र छैनन वास्तवमा नै काठमाडौं सँग भाबनात्मक रुपमा नै नजिक छन। त्यो त मलाई थाहा भएन किन उनी काठमाडौंलाई यती माया गर्छन र मैले त्यो गीतको पछाडिको कथा कहिले जान्ने कोशीस पनि गरिन। तर मलाई काठमाडौंको माया लाग्छ किनभने यो मेरो देशको राजधानी हो। यहाँ मैले धेरै समय बिताएको छु। तर त्यो भन्दा पनि मलाई माया लाग्छ फोहोर काठमाडौंको। शायद यही फोहोर मैला सम्बन्धी नै पदाइ भएको ले पनि होला। शायद त्यो फोहर मैला ब्याबस्थापन सम्बन्धी मैले सिकेको कुरा त्यहाँ प्रयोग गर्न सकेँ भने म सबै भन्दा खुशी हुन्छु होला।
——————————————————————————————————————————————————-

‘सफा शहर हाम्रो रहर ‘काठमाडौं महानगरपालिका को मन्त्र हो यो। यदी तपाईं काठमान्डुमा बस्नु हुन्छ भने यो तपाईंको लागि नयाँ होइन। बाल बालिका लाई पनि स्कुल देखी नै सरसफाइको बारेमा पदाइन्छ।आफु बसेको वातावरणलाई संरक्षण गरन र माया गर्न सिकाइन्छ। अझ उनिहरु बोर्णिङ स्कुलमा पद्छन भने त त्यो शिक्षा पैसा अनुसार बढी नै हुन्छ। तर तेही शिक्षा लिएका प्राणी बसेको ठाउँ काठमाडौंको भने दशा छ।

काठमाडौं, सपना को शहर। मलाई सानोमा गाँउमा पढ्दा काठमाडौं जान पाएत के के न हुन्छ जस्तो लाग्थ्यो। ४ किलासमा फस्ट भएमा काठमाडौं घुमाउने बाचा मेरी आमाले गर्नु भएको थियो, तर दुर्भाग्यबस त्यो पटक सफल हुन सकिन। मेरो जस्तै सपना बोकेका नेपाली हरु लाखोउ छन। जो धरहरा चड्न चाहन्छन, रानीपोखरिमा फोटो खिच्न चाह्न्छन, अनी विश्वज्योतिहलमा सिनेमा हेरन चाहन्छन। तर तेही सपनाको शहरलाई आज फोहरको थुप्रोले पुरी सकेको छ। जुन दुर्गान्धित भएको छ, अनी मास्क नलागाइ सडकमा हिँड्न मुस्किल हुने भै सकेको छ।

हाम्रो पुस्ताकोलागी बाटोमा गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड सँग अङालो मारेर वाइ वाइ चाउ चाउ, चटपटे अनी आइसक्रिम खाँदै हिन्ड्नु कुनै अचम्म होइन, तर माया पिरतिका कुरा गर्दै हिन्ड्दा हामीलाई बाटामा त्यो चाउ चाउ को खोल फाकेर हिंडेको पत्तै हुँदैन र पत्तो पाए पनि फाकीदिन्छोउ, किनभने सबैले फ्याक्छन। फेरी तेही बाटो फर्केर आउँदा चाँही सडक फोहर बनाएकोमा अरुलाई गाली गर्न पछी पर्दैनोउ।

हामी नेपालीको आम्दानिको स्रोत कम छ तेसैले हाम्रो क्रयशक्ती कम छ। यो सत्य हो। तर शायद हामी लाई यो हेक्का छैनकी हामी ले आफुले किनेको लग्भग ४०% खाध्य बस्तु धोबी खोला, बागमती खोला नभए सडक पेटीमा फाल्छोउ।

रायो को साग, तोरिको साग, काउली र बन्दालाई ४ वटा प्लस्टिकमा हालेर घर ल्याउने चलन मेरो घरमा रोग नै हो । मेरी आमा लाई एउटा प्लास्टिकमा आइहाल्छ नि यो त भनेर भन्दा, ‘ल ल भोलीदेखी’ भनेको ५ बर्ष बिती सक्यो तर कहिले काही त ४ मुठा साग मा ५ वटा सम्म प्लस्टिक मेरो घरमा आइ पुग्छ।

काठमाडौं महानगरपालिकाले आफ्नो बजेट को ६०% रकम त फोहरमैला बेबस्थापनमा मात्र खर्छ गर्छ, अनी दु:ख लाग्दो कुरा चाँही के छ भने सडकमा भएको ६०% प्रतिसत फोहर चाँही “अर्गानिक” अर्थात कुहिने फोहर हो जसलाई घर मा नै बेबस्थापना गर्न सकिन्छ र राम्रोसँग बेबस्थापना गर्नसक्ने हो भने ८०% ले घरमा नै घटाऊन सकिन्छ। फेरी तर हाम्रो पुरानो रोग छ नि त्यो कुनै भोजभतेर मा जादा १ चोक्टो रोस्ट खाएर ३ चोक्टा चाँही फाल्ने यो बानीले सब लाई गाँजेको छ। रेस्टुरेन्टमा खादा पनि मलाई खाइ नसकेको खाना प्याक गरेर घर लयाउन लाज लाग्छ, अन्त्यमा मेरै अगाडि वेटरले त्यो खाना लाई {garbeg} गरी दिन्छ। तर पनि केही छैन, म आफुलाई राम्रो र सभ्य सम्जन्छु किन भने म त टाइ सुटमा नै जान्छु नि पार्टीमा ।

मेरो परिवार हुनेखाने मध्यको समाजमा रम्फ्रो इज्जत छ। पैसा छ, मान-सम्मान छ सब तेसैले सबैले हाइ हाइ गर्छन्। घरमा कोरियन हुन्डे कार छ,३-४ वटा बाइक छन। बुवा र काका राम्रो अफिसमा काम गर्नु हुन्छ। कुनचाही पार्टीको हो को नि, नेतापनी हो रे? ममी कलेज पढाउनु हुन्छ, दिदी बातावरण सम्बन्धी एनजिओ मा हाकिम छे । तर सांझ परेपछी मेरो बुवा लाई कारको ढोका बाट फुत्त रोड्मा फोहर फाल्नुहुन्छ। damnn care कस्ले देख्यो र?

आफु त स्टाइलिस, स्मार्ट नै भऐ नि। राम्रा राम्रा जुत्ता लाउछु, फेसन का कपडा फेर्छुजिन्दगी रमाइलो छ, कहाँ यस्तो फोहरमैलाको बारेमा सोधेर गिदी खाइ रा भन्या। फुर्सद नै हुन्न नि। बहिनी पारी ‘पन्क’, Cambridge University को A लेभल पड्छे। अस्ती मैले झोलामा लाइटर भेटेको थिएँ। बालै भएन, ठिक्कै छ उ पनि त २१ अं सताब्दिकी नारी हो। परिवर्तन कि सुचक हो। सभ्य त हुनै पर्‍यो नि। तर हामीले कहिले पनि घर मा परिवर्तन गर्ने कोशीस गरेनोउ। हामी लाई पनि दम्भ छ इज्ज्जतदार परिवारको सद्स्य भएको मा। हामी पनि तेही गर्छोउ जे बुवा आमा गर्नुहुन्छ। फोहोरमैला त समस्या नै होइन, हाम्रो लागि, कहाँ सारुक खान को फिल्म फ्लप भएर कत्रो टेन्सन छ आफु लाई !! Indian idol हेर्ने बेलामा बत्ती गएर दिमाग खराब। तर अलिकती समस्या भने को गर्लफ्रेन्ड सँग हिड्दा पिके अगाडि चाँही नाक छोपेर कुदनु पर्ने न हो, त्यो टोल का चाँही मान्छे साह्रै असभ्य छन, जहिले रोडमा लियाएर फोहर थुपार्छन। । केही छैन म राम्रो छदै छु, सभ्य छ मेरो परिवार । तेसैले मलाई अरु लाई गाली गर्ने अधिकार छ।

तर यो मुला महानगरपालिका पनि ठिस छ छन चाँही। फोहर मैला बेबस्थापनको लागि भनेर च्याउसरी संस्था लाई अनुमती दिएका छन तर दु:ख लाग्दो कुरा चाँही धोबी खोला को किनार मा बस्ने म, मेरो घरको फोहर उठाउन महिनाको २०० रुपया तिर्यो तर फोहोर उठाएर संस्थाका मान्छेले घर अगाडि को पुल बाट खोला मा हालिदिन्छन। “तेही खोलामा नै फ्याक्न त किन दुई दुई सय तिरिरहनु पर्‍यो भन्या, त्यो काम त मै गरी दिन्छु मलाई १०० दिए पुग्छ”, अस्ती ममिलाई भनेको थिए। “ल ल” भन्नु भएको छ।

सडक पेटी मा ब्यापार गर्ने दाजुभाइ हरुले कहिले पनि आफ्नो ब्यापार गर्दा निक्लेको फोहरलाई निहुरेर हेर्नु हुन्न। रत्नपार्कमा आकासे पुल बन्दा निकै खुशी लागेको थियो तर १ महिना पछी मुसल्धारे पानी पर्दा पुलमा पानी जमेर हिंड्न नसक्ने अबस्था देख्दा साह्रै दु:ख लाग्यो। त्यो भन्दा पनि दु:ख चाँही त्यो पुल डिजाईन गर्ने ईन्जिनियर र उसलाई पनि पडाउने पुल्चोक इन्जिनियरिग क्याम्पसको प्रोफेसर लाई सम्जेर लाग्यो। उद्घाटन गर्ने नेताजी को त के कुरा गर्नु? तर पनि हामी पब्लिकले कहिले पनि यस्ता कुरा हरुमा आवाज उठाउदैनोउ। ठिकै छ हामीलाई त संबिधान भए हुन्छ हामीलाई।

तर यो सब कहिले सम्म? एकदिन न एकदिन त हामी सपानिको शहरका बासिन्दाको घैटोमा घाम लाग्ला नि। के जाँजरकोट कान्ड काठमाडौंमा आउनइ पर्ने हो? झाडापखाला ले नै २०-३० जना क्रान्तिकारी हरुले शहादत प्राप्त गर्नै पर्ने हो? तर हामी सबैमा इच्छासक्ती हुने हो भने यो परिबर्तन असम्भब छैन। हिजो मान्छेका हस्तिहाड बग्ने लन्डनको थेम्स नदी आज संसारकै सुन्दर नदी भएको छ। सन 1969 जुन २२ मा अमेरिकाको Cleveland को Cuyahogaनदिमा प्रदुशण कै कारणले आगो लागेको थियो। तर हाम्रो बागमती अझै पनि त्यो अवस्थामा पुगेको छैन। यसलाई जोगाउन सकिन्छ। तर त्यो सबै म मा निहित छ, मेरो परिवारको सोचाइमा हुने परिवर्तनमा निहित छ।

Have a good one !

मुकेश

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on May 23, 2011, in 1 and tagged , , . Bookmark the permalink. Leave a comment.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: