हा हा हा !! यस्तो पनि भयो !!


जलवायु परिवर्तन हामी सबैको चासो’ यही थियो हामीले त्रिचन्द्र कलेजको स्पोर्टस हलमा बातावरण सम्बन्धी जनचेतना जोगाउन राखेको अन्तर्कृया कार्यक्रमको नारा !! संयोगबस त्यो कार्यक्रमको संयोजनको जिम्मा मैले लिएको थिएँ। आज म उक्त प्रसँग जोडेर जलबायु परिवर्तनको बारेमा लेख्न चाहीँ पकै खोजी रहेको छुइन।

प्रसँग राजनीतिको हो त्यो पनि रमाइलो राजनीतिक भेलाको। बिदाको दिनमा त्रिचन्द्र कालेजमा निकै कार्यक्रम हरु हुने गर्छन्। जुन दिन हाम्रो कार्यक्रम थियो, तेही दिन घण्टाघर तर्फको भबनमा ८ नं कोठामा “अनुसन्धानकर्ता हरुको राष्ट्रिय मन्च नेपाल” भन्ने संस्थाको पनि कार्यक्रम रहेछ। हाम्रो कार्यक्रमको तयारी राम्रो थियो, लगभग ४० जना जती साथी हरु उपस्थित भाई सक्नु भएको थियो र केही साथी हरु आँउदै हुनु हुन्थ्यो। तर त्यो अर्को ८ नं कोठामा भने तेही साला खाला १५ जती अनुसन्धानकर्ता हरु भेला हुनु भएछ। सो कारणले गर्दा आयोजकलाई निकै मुस्किल परेछ, किनभने त्यो निकै हाइ प्रोफाइल कार्यक्राम थियो तत्कालिन मन्त्री पम्पा भुसाल प्रमुख अथीती तथा माओवादीका प्रबक्ता दिननाथ शर्मा अथीती हुनु हुदोरहेछ। सहभागी को संख्या साचै कम थियो। तर आयोजक निकै बाठा रहेछन तेसैले हाम्रो कार्यक्रमका सहभागी लाई त्यो कार्यक्रममा लाने उदेस्यका साथ आएर, कोही सहभागी साथी मार्फत म सम्म आइपुगे। यसो परिचय मात्र के भएको थियो, उनले फेहरिस्त मेरो प्रसन्सा गर्न थाले। “तपाईं त का ठुलो युबा अनुसधान्कर्ता हुनुहुदोरहेछ। तपाईंलाई भेट्न पाउदा खुशीलाग्यो। हाम्रो भेला मा कुनै हालत मा अथीती बनी दिनु पर्‍यो।” यसो सम्झेँ म कहांको अनुसन्धानकर्ता हुनु? अहिले सम्म अनुसन्धान गरेको भनेको तेही ११ किलासमा गडेउलाको अप्रेसन, १२ मा लोखर्केको। त्यो बाहेक त अरु केही पनि छैन। अनी मैले भनेँ, “म त्यस्तो अनुसन्धानकर्ता/सर्ता केही पनि होइन। सायद तपाईं गलत बेक्ती सँग कुरा गर्दै हुँनु हुन्छ होला?” उनले भने, “मुकेस डाँगी तपाई नै होइन?” हो।
म अली झस्किएँ। तेसपछी कार्यक्रम र अरु अतिथिको बारेमा बुझेँ। तेस पछी मैले भनेँ,”काँ म तेत्रा-तेत्रा ठुला मान्छेको छेउमा अतिथी बनेर बस्छु त?” “म त अतीथी खान्न।” उनीले तेस पछी पनि केही बेर त खानु कि खानु भने तर मैले अतिथी चाँही कुनै हालतमा खान्न भने पछी उनले गांठी कुरो खोले, “तेसो भये यसो १०-१५ जना साथी हाम्रो कार्यक्रममा पठाइ दिएर सहयोग गर्नु पर्‍यो, नत्र त हाम्रो कार्यक्रममा समस्या हुने भयो।”आज हामी लाई सहयोग गर्नुस् न मुकेस जि, फेरी तपाईंलाई पनि केही पर्दा हामी छदै छोउ नि ! तेस पछी यसो सोचेँ- ठिकै छ नि त तेती सहयोग अर्यो भने यो मान्छे, भबिषयमा काम लाग्न सक्छ। फेरी कार्यक्रमको समय पनि नजुदने रहेछ तेसैले हुन्छ भनी दिए।

अब फसाद आफुलाई पर्‍यो अब कहाँ एउटा कार्यक्रममा आएकालाई अर्को मा जाउ भन्नु तेसैले, अली नजिक का साथी लाई सबै बेलिबिस्तार लगाएपछी उनी हरु जान त तयार भए तर म गए मात्र।

बचन दि सकेको थिएँ, जानै पर्ने थियो। आफ्नो कार्यक्रम पनि सुरुभएको थिएन तेस्सैले एक्छिन जानु पर्‍यो भनेर गए। तर त्यहाँ गए र यसो माहोल बुझेको त्यो कार्यक्रम त नेकपा माओबादी को पार्टीको कार्यक्रम रहेछ। हरे राम !! फेरी फसाद पर्‍यो ।

मन्त्री र अन्य अतिथी हरु मन्चमा बसी सक्नु भएको थियो १५ जना जती साथी सँग गएकाले आयोजकको अनुहार खुशी देखियो। साथी हरु सँग गइयो, लास्टा-लास्टाका ३ वटा बेन्च र डेक्समा बसियो। कार्यक्रम सुरु भयो। उद्घोसकले भुमिका निकै बाँधेर अतिथी हरुलाई आसन ग्रहण गराउन थाले। ताली मजाले पड्काइदै थियो, अकस्मात उद्घोसकले अतिथिको रुपमा मेरो नाम बोलाए। what? WTF? म हरियो निलो भइ हालेँ। त्यो दिन मेरो हुलिया फेरी निकै रमाइलो थियो। रातो टि-सर्ट, चुज पारेको कालो जिनको पाइन्ट, राम राम लेखेको पँहेलो गल्बन्दी, कानमा कालो मुन्द्रो, चुच्चा जुत्ता, अनी अनुहारमा रेमन्डको चेस्मा। हत्त न पत्त कालो चेस्मा खोलेर पकेटमा हालेँ, सबै साथी हरु हाँस्न थाले। सबै शाहअभागेए हरु म तिर नै हेर्न थाले। साथी हरु भन्न थाले खाइस? जा अब? मैले केही सोच्न नै सकिन, तेसैले जुरुक्क उठेर मन्च तिर लागेँ। सबैले सोचे होलान फेरी को रहेछ यो कमेडी सरकस चाँही, अतिथी पड्काउन पो आयो त? जे सोचेका हुन, अहिले लाई बालै भएन। त्यहाँ भन्दा अगाडिका सबै अतिथी ले मुट्ठी बाटर्नु भएको थियो, तेसैले मैले पनि आँखा चिम्लेर जे सुकै होस् भनेर मुट्ठी बाटरिदिए, तेसपछी छातीमा रातो बिल्ला लगाइदिए ।भाषाणको कार्यक्रम सुरु भयो। जनयुद्धका बेला अनुसन्धानकर्ता हरु को कस्तो भूमिका थियो भन्ने बारेमा बक्ता हरुले बोल्न लागे र सबै अनुसन्धानकर्ता हरु माओबादिको झन्डामुनी गोलबद्ध हुनु पर्ने बारेमा गफ हुनथाले। आफुलाई मन्चमा खपी नस्क्नु भै रहेको थियो। मन्चमा बसेर हेर्दा हेर्दाइ एक- दुई गर्दै मेरा साथी त सबै निक्ले पो। म अब त्यो समुहको एक्लै भएँ।

अब त म त्यहाँ बस्न नै नसक्ने अवस्थामा पुगिसकेको थिए। तेस पछी, आफ्नो खल्ती बाट मोबाइल निकालेर सुटुक्क एउटा साथी लाई SMS गरेर ४-५ चोटि मिसकल हान्न भनेँ। तेस पछी त्यो साथीले मिसकल दि हाल्यो। अङ्रेजी गीत still DRE गज्जबले बज्यो। तेस पछी उद्घोसकलाई बोलाएर भनेँ मेरो यो फोन नउठाइ नहुने भयो म एकै छिन् मा आँउछु है। उनले हुन्छ भन्नु अगाडिनै म ढोकाबाट बाहिर पुगी सकेको थिएँ। तेस पछी हे भगवान भन्दै पछाडि नफर्की टाप ठोक्न सफल भएँ। तेस पछी त्यो कार्यक्रममा के भयो मैले न कहिले जानकारी पाए न त जानकारी पाउने कोशीस नै गरे। इती…

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on May 19, 2011, in 1 and tagged , . Bookmark the permalink. Leave a comment.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: