पोइला जान पाउँ देखी- बदमाश शिवजी सम्म


स्वच्छ उर्जाको बारेमा केही लेख्नु पर्‍यो भनेर काखे कमप्युटरमा ट्याक टुक्क पार्दै थिए, गायिका कोमल ओलीको बारेमा लेखिएको एउटा ब्लगमा गएर मेरा आँखा ठोकिए। मैले नाम जानेका सुनेका ५-६ जना नेपाली गायक, गायिका मध्य उहा १-२-३ भित्र नै पर्नु हुन्छ। म कोमल ओली को फ्यान भएकोले उक्त ब्लग नपढी बस्न सकिन तर मेरो सोचाइ बिपरित त्यो ब्लगमा उहाँ लाई त तथानाम मुख छाडिएको रहेछ र प्रतिकृया दिने साथीहरु सब ले तथास्तु भन्नु भएको थियो। बिशेषत: उहाको नयाँ गीत बदमाश शिव जि, अनी पुरानो गीत पोइला जान पाउँ भन्ने गीत लाई उहाँको बेक्तिगत जिबन सँग जोडेर गाली गरिएको थियो। यहाँ भन्दा अघी पनि केही साथी हरुका ब्लग र केही समाचार पत्रमा पनि उहाको बारेमा राम्रा र धेरै नराम्रा लेखनी हरु पढेको थिए तर यो पटक भने मलाई पनि केही लेख्न मन लाग्यो।

फेरी एकपटक सोचे के पोइला जान पाउँ र बदमाश रहेछोउ शिवजी साँचै अस्लील नै हुन त ?? तर मलाई कुनै पनि कोँणबाट हेर्दा ति गीत अस्लील लागेनन। के नेपाली शब्दकोसमा “पोइ” भन्ने शब्द अस्लील हो त? मैले जाने अनुसार होइन- मैले त्यो सब्द धेरै पटक प्रयोग भएको सुनेको र देखेको छू। पोइ ठेट नेपाली शब्द हो जस्को अर्थ पती, श्रीमान हुन्छ र पोइला भन्ने शब्दपनी तेही शब्द बाट आएको हो जस्को अर्थ बाबु- आमा र अरुले थाहा पाउनु भन्दा अगाडि नै सुटुक्क भागेर विवाह गर्नु भन्ने हुन्छ र यही बाट हेर्दा पनि उहाँका गितमा अस्लिलता छैन। बरु नेपालका पप, हिप हप, रिमिक्स र -यापर हुँ भनाउदा हरुले ले धेरै अस्लील र फेद न टुप्पाका शब्द र भूमिका का भएका गीत गाउनु भएको छ। । संगै रात बिताउने, छोराको बाउ बनाउने, सुटुक्क भगाउने , जबर्जस्ती गर्ने जस्ता शब्दहरु निकै प्रचलित छन नेपाली संगीत बजारमा। ति गीतका लय भन्दा कोमल ओली दिदीका गीत हरु धेरै तह राम्रा छन। आज कोमल ओलीका गीत लाई अस्लिलता को दर्जा दिएर बजाउन रोक लगाउने भाषा बिद हरु कुमार बस्नेतका गीत हरुलाई के भन्छन?? कोमल ओली मात्र यस्ती गायिका हुन जो मोउलिक नेपाली गीत गाउँछिन। अहिले लोक तथा अन्य गायकको नाममा गोबरमा च्याउ उम्रे जसरी दिन कै १० जना गायक आउनु हुन्छ। सुन्नु होस् उहाँका गीतका शब्द संगीत अनी हेर्नुहोस् उहाका भिडियो पनि अनी दाँज्नुहोस् कोमल ओली का गीत संगीत सँग।

शिव जि लाई बदमाश भनेको भन्दै नेपाल टि भि र रेडियो नेपाल ले उहाको नयाँ गीतमा प्रतिबन्ध लाएको छ। यहाँ नेपालमा प्रधानमन्त्री, राष्ट्रपती, मन्त्री र नेता हरु लाई जे भनेर गाली गरे पनि हुने भयो तर शिवजी लाई चाँही केही भन्न नपाईने भयो। यि शिवजी त हिजोका ज्ञानेन्द्र सरकार भन्दा तीन-बाउ पो निक्ले त बा !!
वाक स्वतन्त्रता भएको हाम्रो देस मा शिवजी को आलोचना गर्न नपाईने रे? उनी ले जस्तो देखिन उस्तै भनिन। यसो ससर्ती हेर्न्र हो भने धार्मिक ग्रन्थ हरुले शिबलाई बदमाश कै प्रतिकको रुपमा चित्रित गरेका छन। स्वस्थानीमा उनी लाई धेरै ठाउँमा बोउलाहाको प्रतिकको रुपमा उभ्याइएको छ। शायद स्वस्थानी पढ्नुभएका र सुन्नु भएका सबै जनाले यसलाई अस्विकार गर्नु हुन्न होला। अनी उनी लाई बदमाश सम्म पनि भन्न नपाउने। शिवजी लाई प्रतिक राखेर गायिएको यो पहिलो गीत पनि होइन, यो भन्दा अगाडि नै धेरै गीत हरु नेपाल टि भि ले बजाइसकेको छ, जसमा शिव लाई बदमाश मात्र होइन सिङो धुम्रपान र मध्पानको सर्बनाम को रुपमा चित्रित गरिएको छ। त्यो चाँही गाली भएन अनी अहिले चाँही बदमाशभन्दा गाली भयो।

राजनीतिक रुपमा सारै पूर्वग्रही अहिलेको समाज र कर्मचारीतन्त्रले किन स्वथानीलाई प्रतिबन्ध लाउन सक्दैन?? शायद त्यो काल्पनिक स्वस्थानीका रचयिता राजाबादी थिएनन होला, अथवा हाम्रा अर्धक्रान्तिकारी नेपाल टि भि का कार्यकारी मन्डली लाई संबैधानिक राजतन्त्रमा विश्वाश राख्ने कोमल दिदीको ख्याती मन परेन होला। नत्र उक्त गीत लाई प्रतिबन्ध लगाउनु पर्ने कुनै जायज कारण देखिदैन।

अन्त्यमा कोमल ओलीले नेपाली गीत संगीतको मोउलिकता जोगाउन खेल्नु भएको भूमिकाको हामीले जती प्रसँसा गरेपनी थोरै हुन्छ। हाम्रो पुस्तामा कोमल ओली जस्ती गायिका को आस त गर्न नसकिएला तर जो हाम्रो सामु हुनुहुन्छ उहाँको प्रतिभाको खुलेर सम्मान गर्नु पर्छ।

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on September 12, 2010, in 1 and tagged , . Bookmark the permalink. 1 Comment.

  1. Deepak Raj Joshi

    Dear Bro
    ya tapai le thik vannu vo .Malai auta chitta naabuje ko kura k ho vane ye hamro media ra TV channel harule nepali geet sangit chahi last thorai dina tara indian film ra geet haru chahi kuub din6n .Ani van6n hami desh ra yaha ko saskriti bachau6au .Kuro hamrai Nepal TV ko garam na ,Nepal TV bata harek sanibar hindi movie din6 ,tyastai kantipur le ni .Ani te hindi film ma kati ko aslilta hun6 tyo ta hami sabai lai thaha nai 6 .Yati samma ki ghar ma afnai didi bahini sanga herna ni garho hun6 .Tara komal oli ko geet chahi aslil re .Kahile kahi last rees uthera au6 .Laaj ni chaina yeeniharu lai .Hindi film ma nangai nacheko chahi aslil nahune re tara nepali geet ma rato sadi ma nacheko aslil. Thukka ye vate neta ra karmachari haru .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: