नेपाली फ्यान माझ फुटबलको छिना झप्टी


बिस्वकप फुटबलको महाकुम्भ अफ्रिकी महादेसमा चलिरहदा यो पटक मलाई पनि नराम्रो सँग यस्को जोरोले थला पारेकोछ। मलाई विश्वाश छ साथी हरुपनी यो जोरो बाट मुक्त हुनु हुन्न। मैले गर्दै आएको काम पनि गर्न मन लागेन, डेड लाइन त नजिकै छ क्यारे, बाल भएन आजलाई चाँही। भोली लेखोउला न तेस्को को लागि , अगी भर्खर मात्र हेरेको गेम सम्झेर- ल आजलाई चाँही त्यो काम गोली मार्दे मैले।बरु एकपटक हाइलाइट पो हेर्नु पर्‍यो, गोल कस्री चाँही भएछन। सदाको बिस्वकप भन्दा यो पाला को बिस्वकप मा रमाइलो भये जस्तो लाग्छ मलाईचाही, प्रबिधीको अली बिकासले हो कि? पहिला पहिला आफ्नो टिमले जितेको खुशी साथी सँग साट्न भेट्नै पर्ने हुन्थ्यो तर अहिले प्रबिधीले सजिलो बनायी दिएको छ, अन्तिम सिठी बज्नु भन्दा २ सेकेन्ड अगाडि नै, संसार भरी खुशी र पिडाको साटा साट भै सक्छ।- Thanks to Technology. मलाई आफु भोउतिक रुपमा नेपाल मा नभ्एपनी कहिले नेपाली साथी हरु बाट टाढा हुनु परेको छैन बिशोवकप का खेलहरु हेरिरहदा। यसो तल माथि भयोकी अन्लाईनमा साथी हरुले पेल्न थाली हाल्नुहुन्छ। कतीपय साथीले त मोबाइलमा नम्बर डायल गर्न समेत भ्याउनु हुन्छ। जे होस् रमाइलो भएको छ ।

म चाँही मैले थाहापाउदा देखीनै अर्जेन्टिना को फ्यान हो,अरुले जे भनुन, म्यरोडोना मेरो लागि शिवजी नै हुन। मलाई अर्जेन्टिनाको टिममा को छन को छैनन ले तेती धेरै फरक पार्दैन, अहिले पनि मलाई मन पर्ने खेलाडी रिकेल्मी अर्जेन्टिनाको टिममा छैनन। म मेसीको फ्यान त हो नै, तेही पनि मेसी बाहेक पनि अर्जेन्टिनाको टिम मा अरु पनि धेरै प्रतिभावना खेलाडी हरु छन- ति सबै मेरा भरोसाका केन्द्र हुन।

यसपाला मलाई रमाइलो लागेको चाँही नेपाली फुट्बल फ्यान हरु माझ अनलाइन मा जुन छिना झप्टी चलिरा छ त्यो हो। अहिले अनलाइनमा कराउनेमा सब भन्दा अगाडि अर्जेन्टिनाका सपोर्टर देखिन्छन तेस पछी ब्राजिल र इङ्ल्यान्डका फ्यान हरुपनी कम छैनन, र कराउनेमा इटाली र स्पेनका फ्यान पनि नदेखिएका होइनन। हेर्नै छ ति टिम हरु का सम्म पुग्छन ? धेरै साथी हरुले आफ्नो सपोर्टको देस को प्रतिनिधित्वो गर्ने गरी फेसबुकमा आफ्नो प्रोफाइल तस्बिर चेन्ज गर्नु भएको छ। कोहि साथी हरु त जर्सिमा नै अहिले नै मैदानमा ओर्लिन लागे जस्तो पनि देखिनु भएको छ। साचै रमाइलो भएको छ। सबका सब साथी हरु को फेसबुक मा स्टाटस फुटबल मानै हुन्छ। “यो देस त्यस्तो, यो देस यस्तो। तेस्को पनि देखीयो, उस्को चाँही हेर्न बाँकी छ, हेरी राख, हो हो यो कुरा ठिक्क हो, तर तेसलाई चाँही यस्तो नभनोउ ल, मुख सम्हालोउ ल, त्यो टिम क्वाटरफाइनल बाट उता लागेछ भने त कान काट्छु, ब्राजिल होइन यो पाला ब्रा-जिल्ल हुन्छ, दिवासप्ना देख्नु पनि नराम्रो होइन, फलानो देस जिन्दाबाद, फलानो देस मुर्दाबाद। ” – साचै रमाइला छन स्टाटस र कमेन्ट हरु।

अनी केही समय अगाडि मैले एउटा स्टाटस राखेको थिए ” अर्जेन्टिना बिरोधीलाई भाटे कारबाही अभियान ” यो मात्र रमाइलो को लागि थियो र कमेन्ट पनि गजब का थिए – “यो त अली अराजक भएन र ? अरु को चाँही अस्तितोव नै नस्विकार्ने? तिमी माओवादी हो कि के हो? ल ल बबाल भाटे कारबाही गर्नु पर्छ है अर्जेन्टिनाका बिरोधीलाई चाँही यस पाला चाँही, अर्जेन्टिना चाँही तेरो मामा घर हो कि ससुराली?- ल हेरोउ न त म स्पेनको सपोर्टमा हो, के हो सब ले अर्जेन्टिना कै सपोर्ट गर्ने हो भने त , किन खेलाउनु पर्‍यो बिस्वकप?- अर्जेन्टिनालाई कप टिका लाएर दिए भै हाल्यो नि, हो त मैले खोजेको पनि तेही त हो नि, यो नेपाल हो र भाटे ले जित्ने ? , ठिकै छ मुकेस म पनि अर्जेन्टिना कै सपोर्टर हो तर भाटे कारबाही नै गर्ने र ? , नेदरल्यान्ड भन्दा अर्जेन्टिना एक स्टेप पछाडि नै हो- बदी हल्ला नगर कत्ति खाउला है साथी हो, के रे के रे इङ्ल्यान्डका फ्यानलाई भाटा ?, अर्जेटिनाका फ्यान ले हाने तेही भाटा त हो नि- जस्तो देस उस्तै फ्यान, आज बजिया हरुले २ ठाउमा अर्जेन्टिनाको झन्डा झुन्न्ड्याएछन, भोली देखी यो बाटो कस्री हिंड्ने होला?, अब कप चाँही स्पेनले जित्छ- त चाँही भाटा खोज्दै गर ।” साचै रमाइलो लागेको थियो मलाई यि कमेन्ट पड्दा। हो साची नै साथी हरु ले भनेको सही हो, भाटाको काम त छैन, त्यो त रमाइलोको लागि मात्र थियो।

आज जर्मनीले निकै राम्रो खेल्यो, हेर्दा खेरी नै आनन्द आयो, साचै जर्मनीले धेरै को मन जित्यो होला। आफ्नो सपोर्ट जता भए पनि राम्रो खेल र खेलाडी ले मन त जित्दा नै रहेछन। अरु खेल पनि यतिकै सुन्दर होउन भन्ने म कामना गर्दछु । म पनि यो पटक चाँही बिस्वकप अन्त्य सम्म नै हेर्ने बिचार मा छु, थाहा छैन अर्को चार बर्ष पछी त कहाँ होइन्छ, हेर्न पाईन्छ कि पाइदैन ??

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on June 14, 2010, in Uncategorized. Bookmark the permalink. Leave a comment.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: