Kathmandu city of Dream: No solid waste Please


The beauty of nature is indescribable; it creates everything in this balanced system with value. But the most difficult problem is that we, people, could not recognize the importance of their presence in the system, thereby start calling them trash or waste. The resource in wrong place is waste. Everything in this nature has value, the raw material we so call waste is not an exception. Science defines waste as discarded things that are not in good condition to use again. But, if we are really smart, we can prove the science bogus. Yes, we can reuse, and recycle the discard. Then they are no longer waste, they are raw materials because we keep them in right position.
Literally the wastes are of two types. Very simple, if it’s in solid form that is solid waste and when we see waste is flowing that is liquid waste. The waste which is biodegradable that can be converted into manure simply in household level, and if it is burnt in a thermal power plant the heat and electricity can be produced in commercial level. This will become the free fuel source. Separation of the waste at household level makes us easy to recycle and reuse the things. In most cases reuse is not very significant, but recycle is very effective way to decrease the volume of waste that goes to landfill. That helps to increase the life of the expensive landfill, and at the same time decrease the human pressure on natural resources at some extent. Its not a uphill task just need a commitment to protect mother earth.
Many techniques help us to covert waste to resource. So awesome, if we  are living in a city like Kathmandu, many of them are feasible and applicable at household level. Bean composting inside your kitchen, ditch, and trench composting in your garden or yard saves a lot of waste to fill landfill. If we love pet, why don’t you do vermicomposting , they convert our  kitchen waste to manure.
Undoubtedly, Kathmandu has been a throwaway society. we have always viewed our mountain of garbage, and sewer sludge as a problem, seeking hiding place to bury and hiding them away. In one word Kathmandu, the melting point of culture, and a city with glorious history has turned so ugly.  But where this waste comes from? Everybody knows the answer, from our kitchen. So we don’t have any right to blame others. If We could not promise to make Kathmandu the green city, we definitely can promise to make our kitchen a green kitchen. My mom is the educated geek, who loves shopping a lot. She shops everything for my house from clothing to grocery. She always brings a lot of plastics to my home. Fifty rupees vegetable comes to my house with 10 plastics. Really disgusting, huh! Not only my does, everybody does that. What happens to those plastics then? Most probably on the same day or next day they go out of the house with other discards. Out of sight is out of mind. My house is clean now. We need change there. First we can reduce the waste at the source for that we have to bring fewer plastics to home. We can use a permanent reusable bag for the grocery purpose. This is simple we can do that. Before sending away the waste to the collector we can separate biodegradable from non biodegradable. Food is expensive, so why we waste a lot of food. Let’s develop a habit to take only that much of food that we can eat. Courtesy begins from our individual action. Not wasting food is as important as producing food. Everything is simple. We just need extra effort to make our kitchen THE GREEN.
‘The cleaner city is our desire’, this is the theme of Kathmandu Metropolis. But, frankly speaking, it looks like city of garbage. We actually don’t walk in the core part of the city, amazing we hop like a frog to cross the waste that comes from our kitchen. The streets smell so bad. When we eye at the garbage we can see most of that coming from kitchen. Holy cow! How much of our income we are throwing on the street? Come on we are poorest people in this planet. Why are we throwing rice and curry on the street. We can stop it. Stop it, Now. We should change our way of thinking. There is no waste. Nothing is spoiled until and unless our thinking does. We need commitment.
United we stand, divided we fall, we have to have extra feelings. We are not going to do sins any more. We have to teach our grandparents, we have to forget what our parents taught to . Most importantly, we have to teach our younger brothers, and sisters. We can do it, because we are the generation, called youth, committed to build our nation. We love change that is positive. Change begins from us. We dream a lot. If we dream, we can make it. We can clean up our city.

Thanks for Reading,

Peace
Mukesh

जलबायु परिवर्तन: राजनीतिक लात्ते भकुन्डो र मेरा मनका कुरा


‘३५०’ प्रिथिवीलाई दिगो रुपमा जलबायु परिवर्तन को चपेटा बाट जोगाउन को लागी बायुमन्डलमा हुनु पर्ने कार्बनडाइअक्साइडको मात्रा हो यो। तर ३५० आज कार्बनडाइअक्साइडको मात्रा मात्र नभै विश्व राजनीतिको HOT Cake भएको छ। नासाका प्रतिष्ठित बैज्ञानीक जेम्स ई. हेन्सनले सन २००१मा बिभिन्न मोडेल हरुको लामो अध्ययन बाट निकालेको हो यो नम्बर, तेसैले पनि यो बैज्ञानीक छ। तर जो आज तिनै मोडेल हरुको विश्वाशनियता प्रश्न उठाउनेको सँख्या पनि धेरै छ। यस बर्गमा पनि नामचलेका युनिभर्सिटीका अब्बल प्रोफेसर हरु छन, जो धनी पश्चिमा मुलुकका पुजीँबादी अर्थतन्त्रका डिजाइनर हरु हुन। तेसैले जो जलबायु परिवर्तनको अध्ययनमा निस्कन्छ, एउटा लेभल (बिज्ञानको लेभल) पार गरेपछी जब राजनिती बुझ्न खोज्छ उसले आँफैलाई हराएको पाँउछ।

बिभिन्न अध्ययन हरुले देखाए अनुसार अहिले प्रिथिबिको तापक्रम अनपेक्षित ढंग बाट बढी रहेको छ, तर इतिहासमा यो रुपमा तापक्रम बढेको भने पहिलो पटक होइन। धर्का र थोप्लाका रुपमा कोरिएका तथ्यान्क हरुलाई हेर्ने हो भने, भने तापक्रम बड्ने अनी घट्ने क्रम निरन्तर रुपमा देख्न सकिन्छ। तेसैले कुनै बैज्ञानीक अथवा अभियानकर्ताले भबिस्यमा यो रुपमा तापक्रम बड्छ भनेर दाबी गर्‍यो भने एउटा सामान्य बिज्ञान र तथ्यान्कको जानकारी भएको विद्यार्थीले उक्त दाबिलाई चुनोउती दिन सक्छ। यती हुँदा हुँदै पनि हाम्रोलागी पश्चिमा बैज्ञानीकका तर्क हरुमा विश्वाश गरेर जानुको बिकल्प छैन।

बिबादको बिषय:
प्रिथिबी को तापक्रम कती सम्म बढ्न दिए ठिक होला ?
१.५ डिग्री, २ डिग्री, ३ डिग्री ? अनी कुन देसले कती हरितग्रिह ग्यास उत्सर्जन कटोउती गर्ने? आजको समग्र विश्व-जलबायु परिवर्तनको राजनीति प्राबिधिक रुपमा निकै कठिन देखिने यिनै अमुर्त प्रश्न हरु मा जेलिएको छ। सन २००७ मा इन्डोनेशियाको बाली बाट सन २०१२ पछीको मार्गचित्रको कोर्न निक्लिएका बातावरणका नेता हरुको लिगलिगे यात्रा पोजनान, कोपनहेगन हुँदै यो बर्ष मेक्सिकोको क्यानकन पुग्दा पनि टुङिन सकेन र समग्रमा भन्नु पर्दा सन २०११ मा साउथ अफ्रिकमा गएर त्यो यात्रा काँचको घर जस्ताइ टुट्ने निस्चित देखिन्छ। यो कुनै हाइपोथेसिस भन्दापनी अहिले सम्म्को घटनाको बिकासक्रमले पनि तेही देखाउछ। क्यानकन कोपको निर्णय बाट सबै भन्दा खुशी अमेरिका भयो र भारत, चिन र ब्राजिल जस्ता देसहरुले उसको खुशीमा साथ दिए। अमेरिकाका प्रतिनिधी हरुले मात्रा यो सम्म्मेलन लाई उनिहरुले सोचे जस्ताइ पाए, चिन र भारतको भागमा केही पर्यो होला तर जो गरीब राष्ट्रहरु आज सबैभन्दा खतरामा रहेका छन उनी हरु ‘डायस’ मा बसेका भलादमिका कुरालाई ताली पड्काएर समर्थन गर्न वाध्य भए। सन १९९७ मा जापानको क्योटोमा तेस्रो कोप मा जारी भएको क्योटो प्रोटोकल ले संसारका ठुला बडा प्रदुसक देसहरुलाई हरितग्रिह ग्यासको कटौती गर्ने लक्ष दिएको थियो। कतीपय युरोपेली राष्ट्रहरुले उक्त प्रोटोकलमा बाधीएर आफ्नो लक्ष पुरा गरेपनी संसारको सबै भन्दा बढी(१/३) प्रदुसण गर्ने राष्ट्र संयुक्त राज्य अमेरिकाले हस्ताक्षर गर्नु भन्दा अगाडिनै निस्कृय भइसकेको छ। तर यही कुरालाई आज पनि क्योटो प्रोटोकल सकृय छ भनेर दाबी गर्ने स्वार्थी हरुको जमात पनि बिकसित र बिकासउन्मुख देस ठुलै छ। हो कागजी रुपमा यो सकृया छ तर, यसको अन्त्य भने हिजो संयुक्त राज्य अमेरिकाले हस्ताक्षर गर्न अस्विकार गर्दा नै भएको हो। तत्कालिन अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुसले प्रस्ट रुपमा अमेरिकि संसदमा भनेका छन, अमेरिकाले आफ्नो अर्थतन्त्रमा असार पर्ने गरी कुनै पनि बातावरणिय सम्झौतामा हस्ताक्षर गर्दैन, तेसैले क्योटो प्रोटोकलमा पनि हस्ताक्षर गर्दैन। तेसैले यो नै अमेरिकि निती हो, बाराक ओबामा अथवा अरु को नै किन नाआउन।

अर्को पक्षमा राजनीति भन्दा पर गएर सोच्ने हो भने प्रिथिबिको तापक्रम दिनानुदिन बढी रहेको छ। जसले गर्दा आज सम्पूर्ण जिब हरुको अस्तित्वनै संकटमा पर्न लागेको छ। पृथ्वीको तापक्रम प्राकृतिकरुपमा बदने प्रकृया सँगइ मानबिय कृयाकलाप बाट सिर्जित हरितग्रिह ग्यास हरुको कारणले बढी रहेको छ। तेसमा पनि बिकसित र आर्थिक रुपमा सम्मुन्नत राष्ट्रहरुको भूमिका बढी छ। । प्रिथिबिको उत्पती देखिनै तापक्रममा तल माथी हुनेक्रम प्राकृतिक देखिए पनि पछील्लो समयमा पहिलो र दोस्रो औढोगिक क्रान्ती पछी कार्बन डाइ अक्साइडको मात्रा अनेपेक्षित रुपमा बढेको देखिन्छ र जस सँग सँगइ पृथ्वीको तापक्रम पनि बधेको हुनाले पनि मानबिय कृयाकलापलाई दोस दिने आधार हरु बलिया भएका हुन र प्रिथ्विको सिङो प्राकृतिक प्रकृयाले पनि यस्लाई झन जटिल बनाइदिएको छ।

दैनिक जनजिबनमा देखिएको असर देखी बिभिन्न बैज्ञानीक प्रमाण हरुले आज तापमान ब्रिदिलाई बिबादहिन तथ्य बनाइदिएका छन। । तापक्रम ब्रिदीका असर प्राकृतिक जतिलता एबं आर्थिक कारणले गर्दा दछिणी गोलार्धका राष्ट्र हरुमा बढी देखिन्छ। भबिस्यको अन्दाज अहिलेनै गर्न मुस्किल भएपनी उत्तरी गोलार्धका बिकसित राष्ट्रहरु, गरीब राष्ट्रको अर्थतन्त्र धरासयी भएर त्यहाँको प्राकृतिक सम्पदा, एबं जिबनसैली अप्ठ्यारो अबस्थामा पुगी सक्दा पनि, सुरछित नै देखिन्छन। सामान्य उदाहरणको रुपमा दक्षिण एसियालाई लिन सकिन्छ। जल बायु परिवर्तनमा काम गरी रहेको बैज्ञानीक हरुको ‘संस्था’ IPCC भन्छ नेपालको हिमालयमा सन २०३५ पछी हिउँ देख्न पाइने छैन। २० पटक सगरमाथा चढेका आप्पा शेर्पा को कथन पनि त्यो सँग मिल्न जान्छ अर्थात उनी प्रतेक पटक सगरमाथा उक्लिदा हिउँ घटी रहेको अनुभुती गर्छन्। IPCC को दाबी सत्य ठरिएमा हामी नेपालीको भबिस्य के होला? अनी नेपाली बैज्ञानीक हरिमान श्रेष्ठले देख्नु भएको ८३,000 मेगावाट बिजुलिको सपना? दस बर्षमा १०,००० मेगावाट र २० बर्षमा ३०,००० मेगावाट बिजुली निकालेर बेचेर धनी हुने हाम्रा राजनेता हरुको सपना? यि सबै सपना नै हुनेछन र ईतिहासका रुपमा भाबी पिढिले पढ्ने छन। । त्यो बाहेक असार साउनको खहरे र भेलमा आधारित नेपालको कृषि अर्थतन्त्र अनी जैबिक बिबिधतामा बिश्वकै धनी को रुपमा नेपालले बनाएको परिचय- यि सबै ईतिहास बन्ने निस्चित छ। यो सँग सँगै दक्षिण एसियामा पानी युद्ध चर्किने देखिन्छ। हिमालय पर्बत र तिबेतियन प्लेटुबाट सुरु हुँदै बङगालको खाडी सम्म बग्ने नदी हरुले एउटा राष्ट्रको लागि मात्र नभ्एर सिङो दक्षिण एसियाको लागिनै सामरिक महत्व बोकेका छन । ब्रम्हापुत्र नदि तिब्बतमा नै बाँध बाँधेर आफ्नै देस तिर फर्काउने चिनिया योजना जुन चिन को राष्ट्रिय नितिको दस्ताबेज “स्वयत पत्र अर्थात White Paper” मा नै उल्लेख भई सकेको छ। र कोशीमा उच्च बाँध बाँध्न भारत लाई लागेको हतारोले पनि धेरै महत्व बोक्छन। तेस बाहेक बङगलादेस सँग बर्सोउ देखी चलिरहेको भारतको वाक युद्ध, अनी जम्बु-कास्मिरको असान्ती यि सबै जलस्रोतमा स्वामित्व स्थापित गर्नको लागि भएका देखिन्छन। यस्ता गतिबिधी हरु प्रसस्त रुपमा विश्वभरी ब्यापक छन। जसले संसारलाई अर्को युद्ध तिर धकेलिरहेको छ र जल बायु परिवर्तनले तेसलाई गोडमेल गर्ने काम गरेको छ।

तापक्रम ब्रिधीको असर जहाँ जे जस्तो देखिये पनि एउटा मानबको रुपमा सोच्दा देस, भासा, संस्क्रिती फरक भए पनि सबैको साझा सपना भनेको प्रिथ्विको तापक्रम घटाउनु पर्छ भन्ने नै हो। । अमेरिकि नागरिक बाराक ओबामा जे चाहन्छन, सुडानका भोकमरी पीडित आदिबासी र आधा भन्दा बढी राष्ट्रको भुभाग समुन्द्रमुनी भएको देस टुभालु दिपका (सार्बभौम राष्ट्र टुभालु आज जनता, सरकार, मुद्रा लगायत सबै कुरा भएको तर भुभाग नभएको मुलुकको रुपमा परीचित हुन लागेको छ। ) सिँगाने केटाकेटीको सपना उही हो। ‘बातावरणिय रुपमा सुरछित विश्व र सुरछित भबिस्य’ . जुन तथ्यलाई आज जल बायु परिवर्तन राजनीतिका खेलाडी हरुले पनि स्विकार गरेका छन र ‘Shared vision’ को रुपमा जलबायु परिवर्तनका दस्ताबेज हरुमा लिपिबद्ध गरेका छन। तर तेही साझा सपनालाई कसरी पुरा गर्ने भन्ने मार्ग चित्रको निर्माणनै आज मुख्य जटिलताको रुपमा अगाढी आएको छ।

हिजो क्योटो प्रोटोकल को जन्म जुन आधारमा टेकेर जुन भएको थियो , आज बिश्वको अर्थतन्त्र एबम राजनीति ले धेरै कोल्टे फेरी सकेको छ। क्योटो प्रोटोकलले भारत र चाइना जस्ता देस हरुलाई प्रदुसण गर्ने छुट दिएको थियो, त्यो कुरा अमेरिकालाई मान्य हुन सकेन। तर आज अमेरिका- भारत, चिन र ब्राजिल जस्ता देसलाई लगाम लाएर आफु छुट चाहन्छ, भने भारत, चीन र ब्राजिल मोर्चाबन्दी गरेर जसरी पनि अमेरिकालाई तह लाउने र आफुले छुट पाउने दाउमा देखिन्छ, तेसैले पनि संसारका सबैलाई मान्य हुने निर्णयमा पुग्न नसकिने निस्चित देखिन्छ। तर खतरा भनेको यही बाद बिबाद र अनिर्णयताको बिचमा भारत, चीन, ब्राजिल र अमेरिका एक भएर संसारका सबै नागरिकको भबिस्यलाई अन्धकार बनाइदिने सम्भाबना पनि छ। तेतिबेला विश्व बातावरणका नेता हरु यिनै चार देसको मुद्धामा हस्ताछेर गरेर घर फर्कने छन, र उनिहरुको उपस्थिती एउटा यात्रा अनुभब साटसाट बाहेक केहीमा पनि काम लाग्ने छैन। यो सन २०१२ को कोप सम्मेलनमा हुनेछ, तेतिबेला बातावरणको राजनीति पैसा अनी धम्किको राजनीतिमा परिवर्तन हुनेछ।

अहिले नै पनि हिजो बिश्व प्रिथ्वी सम्मेलनले देखेको सुरछित विश्वको सपना पैसाको राजनीतिमा परिवर्तन भै सकेको छ। धनी राष्ट्र हरु हरित गृह ग्यासको कटोउती गर्ने भन्दा पनि जो बोल्छ उस्को मुखमा अनुकुलनताको नाममा पैसाको मुठो फ्याकिदिरहेका छन र गरीब देस हरु पनि आफ्नो राष्ट्रिय मुद्धा बिर्सिएर, को सँग मोर्चा बन्दी गर्दा बढी झर्छ भन्ने दाउमा छन। तर बिडम्बना भनेको ति धनी राष्ट्रका नागरिकले दिनरात मेहनत गरेर कमाएर सरकार लाई कर तिरेको रकम गरीब देसको अनुकुलनताको लागि भनिए पनि एउटा सिमित समुहको हातबाट दुरुपायोग भै रहेको छ। गरीब देसका रास्ट्रिय नेता र सरकार हरु यो बिषयमा तेती जानकार पनि छैनन. गरीब देसहरुको आन्तरिक राजनीति कलह अनी बिषयगत कमजोरी का कारण उती धेरै चासो नदिनुले पनि नहुनु मामा भन्दा कानो मामा जातिको रुपमा ग्रिन फन्डको रुपमा प्राप्त हुने सहयोग प्रतेछ रुपमा पीडित समुदाय सम्म पुग्नु भन्दा पनि अगाडि नै कागजी काममा सकिने गरेको छ। ।

सरसर्ती हेर्दा मानिसको लागि आफु बिकास र परिवर्तन गर्दै जुन ठाउँमा पुगेको हुन्छ, त्यहाँ भन्दा पछाडि फर्केर पछील्लो पुस्ताको जस्तो जिबनसैली अपनाउनु अस्म्भब जस्ताइ हो। । आज धनी देसका जनताले जुन किसिमको जिबन्स्तर जिएका छन, उनीहरु त्यहाँ बाट पछाडि जाने अबस्थामा देखिदैनन। “GO Green को अबधारणा अन्तर्गत साइकल चढ्नु प्रेरणागत रुपमा त ठिक होला तर साइकल नै चढेर तापक्रम घटाऊनु पर्छ भन्ने अबधारणा हास्यस्पद बाहेक केही पनि होइन। समस्या त्यो भन्दा धेरै अगाडि पुगी सकेको छ। तर बिडम्बना नेपाल लगायताका गरीब देसमा तेही साइकलको अबधारणा बिक्री भै रहेको छ। धनी देसका जनता आफु महिना पिछे फेरी फेरी कार चड्छन र गरीब देशका जनतालाई साइकल उपहार दिएकोमा गर्ब गर्छन्। उनिहरु GO Green भन्ने शब्दलाई जती प्रयोगमा ल्याएपनी आफुले चढी रहेको कार, तेही मुल्यमा अर्को बिकल्प तयार नभए सम्म छोड्न राजी छैनन। कोइलाको मुल्यमा सौर्य उर्जा नपाउन्जेल घरमा सौर्य उर्जा जडान गर्न मान्ने छैनन। तेसैले जस्ले जता जती सुकै कराएपनी जब सम्म technological revolution हुँदैन तबसम्म हिजोको इन्दुस्त्रिअल रेवोलुतिओन ले निम्त्याएको सम्स्या समधान हुने छैन। तेसैले आज बिश्वलाई प्रब्रिधी चाहिएको छ तेसलाई विश्वब्यापी बनाउनको लागि मानब-मानब बिचमा अपनत्वको भावना चाहिएको छ। धनी रास्ट्र हरु अझै २-३ सताब्दिकोलागी सुरछित होलान तर गरीब देसका नागरिकको भबिस्य दसकमा ” काउन्ट डाउन” हुन थालि सकेको छ। भोक तिर्खा र रोगले मानिस भटाभटी मर्ने छन। तेसैले यसलाई राजनीतिक भकुण्डो भन्दा पनि अन्तरास्ट्रिय सुरक्षाको चुनौतीको रुपमा लिएर बेबहारिक रुपमा कार्यन्वयन गर्नु पर्ने देखिछ.

धन्यवाद

नयाँ मिडिया र अभिबेक्ती स्वतन्त्रता



सायद कमैले मात्र सोचेका थिए होलान, विश्वब्यापिरुपमा संचारको यती द्रुत र अक्ल्पनिय बिकास हुन्छ होला भनेर। लगभग १0 बर्षको अबधिमा संचार माध्यमको Viral Growth संगै पारीभासा समेत फेरिएको छ। हिजो संचारमाध्यम भन्नाले सामन्यतय सुचनाको प्रबाह गराउने माध्यम हुलाक, टेलिफोन, टेलिभिजन, रेडियो र पत्रपत्रीका लाई चिनिन्थे तर पछील्लो दसकमा इन्टरनेटको बिकास सँगइ ति पुराना माध्यम हरुले मात्र संचारमाध्यमको पारीभासा समेट्न नसक्ने भएका छन। फेसबुक, इन्क्रिडिबल मेल, Twitter , गूगल, You TUbe, My space र बिभिन्न किसिमका ब्लग को लोकप्रियता संगै अब सुचना पाउनको निम्ती, समचार सुन्नको निम्ती पुराना छापाका माध्यममा भर पर्नु पर्ने दिन हरु गएका छन। नेपाली फुटबल टिमका सदस्य रोहित चन्द माथि रङगसालामा प्रहरीले दुरब्याबहार गरेको खबर राती ७ बजेमात्र टि भिमा हेर्न पाइयो, तर त्यो खबर रोहितले मोटर साइकलबाट नझरी नै Tweet गरिसकेका थिए, ७ बजेको समचारमा त्यो कुरा बासी भै सकेको थियो।

नेपालको सन्दर्भमा हेर्दा सुचनाको प्रबाहको निम्ती, परेवाको खुट्टामा चिट्ठी बाँधेर सन्देस पठाउने देखी लिएर, दमाह र सँखका कथा हरु सुन्न पाईन्छन। उक्त कुराको अनुभब नभए पनि सानो छदाँ आकाश बाणी (आवा) को माध्यमबाट मामाघरको हजुरबा सँग बोलेको अनुभब छ म सँग, त्यो बेलामा निकै छोटो कुरा गर्नु पर्थ्यो किनभने आवा गर्ने मानिसहरुको दुरसन्चार कार्यालयमा लाइन नै हुन्थ्यो र गाँउमा फलानाको आवा आयो हरे भनेर सिर देखी पुछार सम्म नै हल्ला हुन्थ्यो। कुरा यती छोटो गर्नु पर्ने कि बाउले इन्डियामा नोकरी गरिरहेको छोरालाई “भुइँसी मर्यो पोइसा पठाइ दे” भन्दा, (भुँ म पो प) भन्नु पर्छ भनेर रमाइलो गर्थे। त्यो बाहेक हुलाकको कथा पनि तेस्तै रमाइलो हुन्थ्यो, हजुरआमाले काठमाडौंमा पड्दै गर्नु भएका काकाको सन्च बिसन्चको खबर बुझ्न चिठी लेख्न लगाउनु हुन्थ्यो, र त्यो चिट्ठी हुलाकमा हाले पछी काकाको हातमा पुगेर १ हप्ता देखी रुघा खोकिले सताइरहेको छ, अरु त सबै ठिकै छ भन्ने जवाफ ६ महिना पछी आउथ्यो। तेही सुनेर हजुरआमा मख्ख पर्नु हुन्थ्यो। घरमा एउटा थोत्रे रेडियो हुन्थ्यो, शनिबार मध्याहमा दिने नाटक सुन्न निकै रमाइलो लाग्थ्यो र त्यो बाहेक म समाचार पनि नियमित सुन्ने गर्थेँ। पत्र पत्रीकाको कुरा गर्दा- सबै पत्रीकालाई समग्रमा गोरखापत्र भन्थेउ हामी, १ महिना पछी आँउथे त्यो पनि किनेर घरमा ल्याएर पडी सके पछी जतनका साथ राक्थेँ म, अनी दसैंमा घरको लिपपोत सकिए पछी कोठामा स्टिज मारेर टाँसे पछी १ बर्षको लागि कोठा सुन्दर हुन्थ्यो। यो मेरो भोगाइ हो, मेरो पुस्ताका अरुको भोगाइ फरक हुन सक्छ, तर पनि यो अवस्थाले १०-१२ बर्ष अगाडिको नेपालमा संचार माध्यमको चित्रण गर्छ।

तर आज कथा बदलिएको छ, जहाँ नुन पुग्न सकेको छैन, त्यहाँ The New York Times, Morning Glory, Washington Post र The Economist पुगेका छन। । जहाँका विद्यार्थी हरु पाठ्य पुस्तकको अभाबमा पढ्न पाएका छैनन, उनी हरु आफुले पढ्न नपाएको ब्यथालाई फेसबुकमा अपडेट गर्छन् र कमेन्टको माध्यमबाट आफ्ना तर्क बितर्क गर्छन्। अस्ती मात्र मेरो सँखुवा सभा , गुफापोखरिको बाल्यकालको साथीले जङलबाट नै Tweet गरेको रहेछ, आज एउटा भेडा हरायो, पक्कै पनि बाघले खायो होला? मैले अमेरिकाको ओहायो स्टेटबाट नै रिप्लाई गरेँ, “यार मलाई दु:ख लाग्यो, अरु भेडा हरुको सुरक्षामा ध्यान देउ।” उसले धन्यवाद मुकेस भन्यो।
सुचना र संचारमा कती बिकास भएको छ र यसको सक्ती कती छ भन्ने कुराको यो एउटा सुन्दर उदाहरण हो।

संचारको बिकास यो उचाइमा पुगी सक्दा पनि, नेपालका संचार माध्यम र संचारकर्मिको चेतनाको भने निकै दयनिय छ। केही औंलामा गन्न सकिने संचारकर्मी र लेखकका लेख बाहेक अरुमा सत्यता र बैज्ञानीकता देख्न सकिदैन। नेपालका स्थापित मिडिया हरुमा अहिले पनि गाली गलोउज र नकरात्मक चिन्तनले भरिएका समचार र लेख हरुको बिगबिगी देख्न सकिन्छ। हो कुनै एउटा दलको नेताले लेखेको लेखमा biaseness देखिनुलाई सामन्य रुपमा लिन सकिन्छ। तर नागरिक समाजका अगुवा हरु, संचार माध्यमका जागिरे हरुले आफ्नो स्थापित प्रतिस्ठालाई भजाएर कुनै एउटा दल, समुह र प्रब्रितीको भजन गाउन थालछन भने तेसले समाजमा गलत सन्देसको प्रबाह गर्ने गर्छ।

बिबिध कारणले गर्दा पुराना संचारका माध्यमबाट सबैले सबैका कुरा हरु राख्न सक्दैनन। नेपाल जस्तो राजनीतिक रुपमा अस्थिर मुलुकमा धेरै जसो समचार राजनीतिक नै हुने गर्छन्। स्तम्भकार हरु ले पनि धेरै राजनीतिक स्तम्भ हरुनै लेख्ने गर्छन्। शायद सबैको चासो राजनीतिमा नै भएर होला। बिसुद्ध राजनीति भन्दा परका लेख रचना हरु र समाचार हरु तेती धेरै आउँदैनन, आए पनि बिस्त्रितमा आउँदैनन। म आफु बिज्ञानको विद्यार्थी भएको हुनाले बिज्ञान र वातावरण सम्बन्धी समाचार हरु नियमित रुपमा पत्र पत्रीकामा खोज्ने गर्छु। धेरै जसो जलबायु परिवर्तन, बन जङल र फोहरमैलाका कुरा ले मेरो ध्यान निकै खिच्ने गर्दछ। तर ति बिषयहरुमा लेखिएका समचार र लेख हरुमा समस्या देखाइन्छ तर अन्त्यमा सबै कुरा लगेर राजनीति सँग जोडीन्छ। यस्तो प्रब्रित्तीले बिषयबस्तुको मह्त्वलाई छायाँमा पारी दिन्छ।

भुमन्डलीकरणको बड्दो प्रभाब सँगइ अन्तरास्ट्रिय स्तरका समाचार हरु थाहा पाउन अहिलेका चल्ता फिर्ता पत्र पत्रीका र टि भि मा भर पर्न नपरे पनि नेपाल भित्रका राजनीतिक बाहेकका समचारको पहुँचबाट आफु टाढा नै भएको महसुस हुन्छ। तर पनि यसको समाधान पनि नयाँ मिडियाले दिएको छ। ७५ नै जिल्लाका साथी हरुले फेसबुकमा स्टाटस अपडेट देखी लिएर, Twitter को माध्यमबाट आफु वरीपरी घटिरहेका घटना हरुको जानकारी गराइनै रहनु भएको हुन्छ। मलाई फेसबुकमा अरुण उपत्य्का  भन्ने एउटा प्रोफाइल धेरै मन पर्छ, त्यो पक्कै पनि सँखुवा सभाको कुनै एउटा साथीको प्रोफाइल हो, त्यहाँ बाट म प्रतेक क्षण मेरो जिल्लामा घटिरहेका घटना हरुको जानकारी लिने गर्छु। तेसैले मलाई कुनै पनि समय लाग्दैन म संखुवा सभा भन्दा टाढा छु। धन्यबाद त्यो अपरिचित साथी लाई !! अनी अर्को समुहका साथी हरु ब्लगको माध्यमबाट सम्चार प्रसारण गर्नु हुन्छ र आफ्ना बिचार हरु राख्नु हुन्छ, त्यो पड्दा पनि रमाइलो लाग्छ। चित्त बुझेमा तत्काल धन्यबाद भनिन्छ, चित्त नबुझेमा आफ्ना धारणा राखिन्छ र त्यहाँ पनि एउटा ठुलो समुह बिचमा बिचारको आदान प्रदान हुने गर्छ। त्यो बाहेक पनि नयाँ मिडियाकै माध्यमबाट सामाजिक काममा लगिरहनु भएको साथी हरुको जमात पनि ठुलो छ। जस्को उदाहरणको रुपमा Tweet For Cause Nepal लाई लिन सकिन्छ, जसमा युवा साथी हरुले Tweet कै माध्यमबाट समाजसेवा गरी रहनु भएको छ। तेसैले पनि नयाँ मिडियाको यो सुन्दरताको यो सुन्दरतालाई हामीले बेवास्ता गर्न सक्दैनौ।

सबै कुराका राम्रा नराम्रा पक्ष हुन्छन। नयाँ मिडियाका पनि नराम्रा पक्ष हरु छन, तर पनि प्रयोगकर्ता सचेत हुने हो भने ति नराम्रा पक्ष हरुलाई सजिलै निराकरण गर्न सकिन्छ। तेसैले आज हामी निर्धक्क रुपमा आफ्ना धारणा हरु राख्न सक्ने भएका छोँउ। हिजो अभिबेक्ती स्वतन्त्रतालाई रोक्न हुँदैन भन्ने मान्यतामा संसार चलेको थियो तर आज अभिबेक्ती स्वतन्त्रतालाई रोक्न सकिन्न भन्ने मान्यता मा संसार चलेको छ।

‘क्रान्तिकारी हिमाल’ र बैज्ञानीक शिक्षा


सबैलाई समान शिक्षाको अबधारणा अनुसार, अखिल क्रान्तिकारीले निजी बिद्यालयबाट नेताका छोरा छोरीलाई निकाल्ने अभियान चलाइरहेको बेला तेही संगठनका प्रमुख हिमाल शर्माले आफ्नो छोरालाई चिनमा पढ्न पठाए, त्यो कुरा कहीँ पनि समाचार बनेन र बन्नु पर्ने खासै कारण पनि थिएन। बिज्ञान संकायमा प्रबिणता सकेको एउटा किसोर डक्टर बन्ने उदेस्यका साथ चिन उडेको थियो। त्यो कुरा कसैको टाउको दु:खाइको बिषय थिएन, र चर्चा गर्न आबस्यक पनि थिएन। तर जब उनका बाबुले उनलाई चिन बाट फिर्ता बोलाए त्यो घटना सबैको चासो र चर्चाको बिषय बन्यो। कतिले ताली दिए, कतिले गाली दिए। ताली दिनेले त्यसलाई हिमाल शर्माको त्यागको रुपमा चित्रण गरे भन, गाली दिनेले उनलाई मुर्खको रुपमा चित्रण गरे। तर फेरी आज उनकै पार्टिका नेता प्रचन्डको निर्देशनमा हिमाल शर्मा छोरालाई चिन पठाउन सहमत भएका छन। हिजो तिनै प्रचन्डलाई दबाब दिन उनले छोरालाई फिर्ता बोलाएका थिए, तर आज तिनै प्रचन्डको दबाबमा उसलाई फिर्ता पठाउदै छन, जसले उनमा ठुलो नैतिक संकट खडा गरिदिएको छ। उनी न त प्रचन्डको आदेस नै उलङ्घन गर्न सक्ने स्तिथीमा छन न अब उनको नेताका छोरा छोरीलाई निजी बिद्यालयबाट निकाल्ने अभियानको नेत्रित्व गर्न सक्ने हैसियतमा छन। अन्त्यमा लाटो लड्छ १ बल्ड्यांग, बाठो लड्छ १० बल्ड्यांग जस्तो भएको छ।

नेताका छोरा छोरीलाई निजी बिद्यालयमा पढाउन हुँदैन? हिमाल शर्मा आज यही हास्यस्पद आन्दोलनका नेता हुन, जसमा आफ्नो राजनीतिक अभिस्ट पुर्ती बाहेक केही पनि देखिदैन। न त यो आन्दोलन सफल नै हुन्छ। उनी केबल सतही रुपमा स्याबासी पाउनको निम्ती र आफुलाई ब्यस्त राख्नको निम्ती मात्र कथित आन्दोलन चर्काइरहेका छन। उनी आफुलाई नैतीक रुपमा चोखो देखाउन चाहन्छन। सम्पूर्ण सैक्षिक संस्थालाई ब्यारेकिकरण गर्नु पर्छ भन्ने सिदान्त बोकेका उनी शिक्षामा बैज्ञानीकता र आधुनिकिकरण होइन, सम्पूर्ण शिक्षा प्रणाली नै अस्त बेस्त पार्ने मार्ग तर्फ अग्रसर छन। राज्यले शिक्षामा लगानी गर्न नसकिरहेको अवस्थामा, निजी क्षेत्रको प्रबेस सँगइ केही सुधार देखिदै गर्दा,आज त्यसमा हिमाल शर्मा हरुको बक्र दृष्‍टि परेको छ। हो नेपालको शिक्षा प्रणालिमा सुधार गर्नु पर्ने धेरै कुराहरु छन, तर आन्दोलन, तालाबन्दी र धम्किलाई नै सबै समस्याको अचुक समधान देख्ने हिमाल शर्माहरुको निती बाट त्यो सम्भब छैन।

सरकारी बिद्यालय र क्याम्पसहरु जहाँ हिमाल शर्मा हरुको हाली मुहाली छ, त्यसको अवस्थाको बारेमा बोल्नु पर्ने आबस्य्क्ता छैन। एउटा सामन्य प्रा बि मा शिक्षकको नियुक्तिमा समेत हस्तक्षेप गर्ने, र टि युको भि सिलाई समेत कालो मसो दल्न अग्रसरहुने हिमाल शर्माहरु ले जिबन उपयोगी, बैज्ञानीक र समान शिक्षाको नारा लाउनु भनेको नेपाललाई ५ बर्षमा स्विटजरल्यानन्ड बनाउछु भन्ने चलचित्रको भाग २ मात्र हो।
हिमाल शर्मा एउटा बेक्ती होइन प्रब्रिती हो, जो जहिले पनि शिक्षामा बैज्ञानीकिकरणका ठुला ठुला भाषण गर्छ तर वास्तविक रुपमा सुन्दर भबिस्यको कल्पना गर्दै पढिरहेका विद्यार्थीको भबिस्य बर्बाद गर्ने बाहेक केही पनि गर्न सक्दैन। आज बिद्यार्थी संगठनका नाममा राजनीतिक गर्ने हरुको एउटै उदेस्य छ, शिक्षामा बैज्ञानीकिकरण, तर त्यो उदेस्य प्राप्तिको लागि एउटा सिन्को पनि नभाँची स्कुल र क्यापस हरुलाई केबल आफ्नो माउ पार्टिलाई स्थापित गर्नको लागि सिङोउरी खेल्ने थलो बनाएका छन। यो नै तितो वास्तविकता हो।

आखिर कस्ले दियो हिमाल शर्मालाई यो अधिकार जो भन्दै छ- फलानाको छोराले यो गर्न हुने, ढिस्कानाकी छोरीले यो गर्न नहुने? के निजी बिद्यालयमा आफ्नो छोरा छोरीलाई पढाउनु पाप हो? आज निजी बिद्यालयमा पढाउन हुँदैन भन्लान, भोली टि भि हेर्न हुँदैन भन्लान, पर्सी मोबाइल बोक्न हुँदैन भन्लान। आखिरमा सबै नेपाली सँग टि भि र मोबाइल त छैन नि, किन हेर्ने त टि भि नेताका छोरा छोरी ले? सबै नेपालीका छोरा छोरीले दुई पेट खान त पाएका छैनन नि, किन खाने त नेताका छोरा छोरीले? हो समस्या सबै तिर हुन्छन, तर जब सिस्टम भन्दा बाहिर गएर समाधान खोज्न थालिन्छ तेसले समधान भन्दा बढी अर्को समस्या थप्ने गर्छ। यदी हिमाल शर्मा शिक्षामा सुधार नै चाहन्छन, समानता नै चाह्न्छन भने त्रिभुबन विश्वबिद्यालयको सुधार तर्फ ध्यान दिउन। ३ बर्षको स्नातक तहको पढाई सक्न ५ बर्ष लाग्छ, एउटै कक्षामा ५०० जना भन्दा बढी बसेर पढ्नु पर्ने अवस्था छ। बिज्ञान बिषय पढाई हुने कलेजका प्रयोगसालाहरु प्रतेक बर्षको नतिजा प्रकाशन सँगइ तोडिने गर्छन्। अनी तेही कलेजको प्रांगणमा गएर शिक्षामा क्रान्ती ल्याउने भाषाण गर्छन् हिमाल शर्मा जस्ता क्रान्तिकारी हरु। के यिनले चाहेको बैज्ञानीक शिक्षा यही हो?

‘त्यागी’ हिमाल शर्मा चाहन्छन शिक्षामा सुधार, शिक्षामा समानता- यो हिमाल शर्माको मात्र चाहना होइन, यो सबै नेपालीको चाहना हो। तर के निजी बिद्यालय बन्द गराएर यो सम्भब छ? के राज्यले सबै नेपाली बालबालिका र युवाको उच्च शिक्षाको ग्यारेन्टी गर्न सक्छ? पक्का पनि सक्दैन। तेसले आफ्नो सन्तानको उचित शिक्षा दिक्षाको दाइत्वो अबिभाबकले लिनै पर्छ। आफुले मेहनत गरेर कमाएको सम्पत्ति छोरा छोरीको शिक्षाको लागि लगानी गर्छन् त अरुले टाउको दुखाएर केही पनि हुन्न। निजी बिद्यालयले जबर्जस्ती कसैको लुटेका छैनन नि। आजको जस्तो खुला समाजमा ब्यापार ब्यवसाय गर्ने अधिकार सबैलाई हुन्छ। बिद्यालय खोले पछी तेसमा लागेको लगानी उठाउने र नाफा कमाइ दुई पेट खाने अधिकार सबै बिद्यालयका संचालकलाई हुन्छ, र आफ्नो छोरा छोरी लाई कहाँ कुन बिषय पढाउने भन्ने अधिकार पनि अबिभाबक लाई हुन्छ। के हिमाल शर्माले जबजस्ती गरी हाले सरकारी स्कुलमा नै पढाउन त भनेर सबैले भन्दिनु पर्ने? होला हिमाल शर्मा ठुलो नेता बन्लान कुनै दिन, तर उनको यो अभियान किमार्थ सफल हुनैन, किन भने उनी गलत धारातलमा उभिएर सस्तो लोकप्रियताको लागि यो अभियान चलाइरहेका छन। भाबनाले संसार चल्दैन, बास्तबिकता तितो नै हुन्छ.

हिमाल शर्माले आफ्नो छोरालाई चिन पठाए, फेरी फिर्ता बोलाए। बाउले आउ छोरा भनेर भने छोरा फिर्ता आए, यो उनी हरुको पारिवारिक कुरा भयो। तर जब तेही प्रसँगलाई महान त्याग र बलिदानिको पगरी गुथाइयो, त्यो भने हास्यस्पद नै छ। जुन पगरिले एउटा युवकको भबिस्य माथि अन्याय गरिरहेको थियो, र उसको बाबु चाँही आफ्नो राजनीतिक अभिस्ट पुरा हुने सपनामा रमाइरहेको थियो। तर आज प्रचन्डको हुकुम सँगइ फेरी परिस्तिथीले कोल्टो फेरेको छ, जसले धेरै हिमाल शर्मा हरुको अग्नी परिक्षा गर्ने छ।

बढदो तेलको मुल्य र हाम्रो भबिस्य (?)


                    आज म नयाँ पत्रिका दैनिक पढिरहदा एउटा समाचारले मेरो ध्यान खिच्न पुग्यो- “१५ महिनामा ६ पटक पेट्रोलको मूल्य बढ्यो”  समाचार अनुसार पछील्लो १५ महिनामा पेट्रोलियम पदार्थको मुल्य १२ पटक बढेको रहेछ, र तेसमा  पेट्रोलको मुल्य ५६ पटक बढेर १०२  रुपैया प्रती लिटर भएको रहेछ। तेस पछी यसो आजको अमेरिकाको ओहायो स्टेटको राजधानी कोलम्बस शहरको  पेट्रोलको मुल्य हेरेको ३.७६ डलर  प्रती ग्यालुन रहेछ,   जस अनुसार प्रतिलिटर हिसाब गर्ने हो भने लगभग १ डलर (७२ रुपैया)  प्रती  प्रतिलिटर  पर्ने रहेछ ( यो एउटा सामन्य उदाहरण मात्र दिन खोजेको हुँ, नेपालमा र बिकसित  मुलुकमा तेलको मुल्यमा हुने अन्तरको। त्यस बाहेक यहाँ   तेलको मुल्य दैनिक रुपमा र कहिले त १ दिनमा नै २-३ पटक घटबढ भै रहन्छ। सामान्य तय बिदाका दिनहरुमा बढी हुने गर्छ।

पेट्रोलियम पदार्थको मुल्यमा घटबढ हुनु अन्तरराष्ट्रिय बजारमा सामन्य भए पनि नेपालमा मुल्य समायोजन बेबस्थित रुपमा हुन सकेको छैन। र अहिलेकै स्थितिमा हेर्ने हो भने पनि सरकारले अनुदान दिन बन्द गर्ने हो भने मात्र पनि अहिले नै नेपालमा खनिजजन्य तेल मध्यम बर्गिय नेपालीको पहुँच भन्दा बाहिरको कुरा हो। आफुसँग तेल(पेट्रोलियमा पदार्थ)को स्रोत नभएकोले, र अन्य राजनीतिक तथा भोउगोलिक कारण तेलको आपुर्तिको लागि नेपाल पूर्ण रुपमा भारतमा निर्भर हुनु परेको छ। तेसैले अन्तरराष्ट्रिय बजारमा मुल्य जे जस्तो भए पनि भारतले तोक्ने मुल्य( जो अन्तरराष्ट्रिय बजारको मुल्य भन्दा तेती धेरै फरक हुन्न)नै नेपालको लागि अन्तिम मुल्य हो। तेस पछी तेसमा राजस्व, ढुवानी खर्च र   तेस माथि बिक्रेता हरुको नाफा समेत मिलाउँदा नेपालमा सामन्य रुपमा पेट्रोलियम पदार्थको मुल्य अन्तरास्ट्रिय बजारको भन्दा बढी नै हुन आउछ। – बैज्ञानीक रुपमा हेर्दा यो मुल्य सामन्य देखिए पनि, व्याबहारिक रुपमा प्रती बेक्ती आयस्रोत $५६२ भएका नेपाली ले प्रती बेक्ती आयस्रोत $४७,३०० भएका अमेरिकन को भन्दा बढी मुल्य तिरेर कहिले सम्म तेलको प्रयोग गरिरहन सकिन्छ ? यो आज हामी ३ करोड नेपालीका लागि यक्ष प्रश्न हो।

किन बद्छ /घट्छ  तेलको मुल्य?

कच्चा तेल(crude oil) को मुल्य सामन्य रुपमा ब्यारेल १५९ liter मा हिसाब गरिन्छ। सामन्य रुपमा यसको मुल्यको निर्धारण गर्ने आधार हरु भनेका यसको प्रसोधन र ढुवानी खर्च, उत्पादनको दर, बजारमा हुने आपुर्ती  र स्थानिय बजारमा  तेल उत्पादक कम्पनी हरु बिचको प्रतिस्प्राधाले गर्ने गर्दछ। तेस बाहेक तेलमा हुने राजनीति र खाँढी मुलुकका राजनीतिक अस्थिरता र युद्ध जस्ता कुरा हरुले यस्को मुल्य ठुलो अन्तर ल्याइदिन्छन। सामन्य रुपमा जुन देशमा तेलको भन्डार छैन, त्यो देशको तेलको मुल्य बढ्नु र घट्नु सँग कुनै भूमिका हुँदैन।

विश्व बजारमा तेलको मुल्य एक झलक:

तेलको मुल्यमा आएको उतरचढाबलाई नियालेर हेर्न्र हो भने, दोस्रो विश्व युद्ध भन्दा पछी  सन १९४८ देखी १९६० को बिचमा कच्चा तेलको मुल्य  २.५ डलर  देखी $३.00 डलर   को बिचमा रहेको देखिन्छ। यो मुल्य लाई सन २००८ को अमेरिकि डलरको मुद्रा स्फिती ( inflation) सँग समायोजन गरेर हेर्न्र हो भने उक्त मुल्य १७ देखी १९ डलरको बिचमा रहेको देखिन्छ। जब सन १९६० मा ५ देस हरु कुबेत, इराक, ईरान, साउदी अरेबिया, र भेनेजुयला मिलेर  तेल  उत्पादक देस हरुको समुह OPEC को गठन गरे र सन १९७१ सम्म आइपुग्दा यो समुहमा ११ वटा सदस्य हरु भए त्यहाँ बाट अन्तरराष्ट्रिय तेल बजार माथिको अमेरिकि आधिपत्य समाप्त भयो र अमेरिकाको ठाउँमा तेलको मुल्यको निर्धारण ति राष्ट्र हरुले गर्न थाले। सन १९७२ मा ३ डलर प्रती ब्यारेल मुल्य भएको तेल सन १९७४ सम्म आइपुग्दा १२ डलर अर्थात ४ गुणा भयो। सन १९७४ देखी १९७८ सम्म हेर्ने हो भने तेलको मुल्य १२।२१ देखी १३।५५ प्रती ब्यारेलको बिचमा रहेको छ। मुद्रास्फिती दर सँग समायोजन गर्ने हो भने यो मुल्य केही रुपमा अघिल्लो बर्ष हरुको भन्दा कम देखिन्छ। तेस पछी ईरानमा भएको राजनीतिक अस्थिरता  र इराक-इरान युद्धको कारणले गर्दा सन १९७८ मा १४ डलर प्रती ब्यारेल रहेको तेल सन ३ बर्षको अन्तरालमा सन १९८१ मा ३५ डलर प्रती ब्यारेल पुग्यो। पछील्लो समयमा सबै भन्दा कम मुल्य हेर्ने हो भने सन १९९९ मा एसियामा भएको आर्थिक मन्दी र इराकमा तेल उत्पादन बढी भएको समयमा कच्चा तेलको मुल्य १७ डलरमा झरेको थियो। तर सन २००० मा नै उक्त मुल्य ३५ डलर हुँदै सन २००६ को जुलाई मा आइपुग्दा सम्म उक्त मुल्य ७७ डलर पुगी सकेको देखिन्छ। उक्त बर्षको अक्टोबर महिनामा पुर्बी टर्की मा देखिएको अस्तिरता अनी अमेरिकी डलरको कमजोर स्थितीका कारण ले गर्दा उक्त मुल्य ९० डलर हुन पुग्यो। त्यो भन्दा पनि बिकराल बर्ष सन २००८ को जुलाईमा तेलको मुल्य १४५ डलर प्रती ब्यारेल पुग्यो र उक्त समय मा BBC ले निकट भबिस्यमा नै तेल को मुल्य २०० डलर पेर्ती ब्यारेल पुग्ने बिस्लेसण गरेको थियो। उक्त मुल्यमा उतार चडाब हुँदै सन २००८ को अक्टोबर १६ मा अन्तरास्ट्रिय बजारमा ७० डलरमा किन बेच भएको थियो। त्यो भन्दा पनि डिसेम्बर २१, २००८ मा नै उक्त मुल्य ३४ डलरको हारा हारिमा झर्यो। सन २००९ को मध्य तिर ७० डलर प्रती ब्यारेल भएको तेल आज २०११ को जुन महिनामा यो मुल्य ११५ डलरको हारा हारिमा रहेको छ।

यो रुपमा हेर्ने हो भने अन्तरराष्ट्रिय बजारमा तेलको मुल्यमा ठुलो उतार चढाब हुँदै यो मुल्य ११५ डलरको हारा हारिमा अडिएको छ। तेलको मुल्य यो रुपमा बढ्नुमा OPEC का सदस्य हरुको मुख्य भूमिका रहे पनि केही बिज्ञ हरु वाल स्ट्रीटको माग र आपुर्ति सम्बन्धी गलत  नितिका कारणले यो अवस्था सिर्जना भएको ठान्छन। यसका साथ साथै बिकाससिल राष्ट्र हरु चिन र भारत मा बढ्दो तेलको खपत ले पनि यसमा भूमिका खेलेको देखिन्छ।

अब के त ?

बैज्ञानीक रुपमा हेर्न्र हो भने भबिस्यमा हुने तेलको  बढदो माग र स्रोतमा हुने कमिले गर्दा तेलको मुल्य अन्तरास्ट्रिय बजारमा अनपेक्षित रुपमा बढ्ने देखिन्छ। यसको असर पक्कै पनि नेपालमा पर्ने छ। अहिले ११५ डलर कच्चा तेलको मुल्य हुँदा १०२ रुपयाँ भएको पेट्रोल, २०० डलर पुग्दा कती होला? १८० रुपयाँ ?

हामी अहिले देखिनै अन्य बिकल्पको खोजिमा नलाग्ने हो भने, अबको १० बर्ष भित्र मा नै काठमाडौंको सडकमा नेता,मन्त्रि अनी केही भ्रस्ट कर्मचारीका चड्ने गाडी बाहेक अन्य देख्न मुस्किल पर्ने छ। यो सत्य हो।  हामी सबैले कल्पना गाह्रोउ त्यो दिन- हामी बाँच्न सक्छोउ कि सक्दैनोउ?

अबैध नासो (कथा)


म मेरो एकजना साथीको   साथमा गणेश मन्दिर नजिकै हिँडिरहेको हुन्छु, पछाडिको झोलामा एउटा ल्याप्टप, केही किताब र डायरी हरु,अनीपानीको बोतल। साइड ब्यागमा प्रोजेक्टर। हामी कुनै स्थानमा कार्यक्रममा सहभागी हुनको लागि जाँदै थिएउ। एक्कासी- ओए- ओेए ओेए भनेको आवाज आउँछ। यसो फर्केर हेरेको ‘ओेए मुकेस’  भन्दै एउटा मान्छे म तिर दगुर्दै आइरहेको थीयो। यसो हेरेँ पहिला देखी नै चिनेको एउटा “डन दाई” रहेछ।  “के भयो दाई”, यती भन्न नसक्दै उसले मलाई तान्दै तान्दै गणेश मन्दिर बाट साइडमा लग्यो र तान्दै तान्दै त्यहाँ बाट पनि भित्र लग्यो। यसो पछाडि फर्किए र साथी  लाई एक छिन पर्ख है भनेँ। तेस पछी पनि उसले मलाई तान्दै निकै भित्र लाग्यो जहाँ कोही पनि थिएनन। यसो सोचे “यसलाई के भएछ आज, खुस्कियो कि के हो यस्को?”

                          उ सँग मेरो मित्रता भनेको तेही ३ बर्ष जती पुरानो थियो। सम्बन्ध राम्रै थियो। यसो भेटघाट भयो कि तेही हो- “मेरो यती केटा हरु छन, एमालेको यो नेता लाई मैले डाइरेक्ट फोनमा कुरा गर्न सक्छु, अस्ती यस्लाई नरामो दिइयो, यस्लाई एकपटक उपचार गर्नु पर्ने छ, साला अहिले रक्त चन्दन साह्रै टाइट गरेको छ। मोबाइलमा अलिकती ब्यालेन्स पठा न, केही पर्‍यो भने चाँही भन है भाई !! त्यो बाहेक उस्ले पनि मलाई चाहिएको बेलामा मोबाइलमा ब्यालेन्स हालिदिन्थ्यो। ‘तेरो बाउ पनि नेता नै हो हैन,  तेसलाई जिताउने काम मेरो भयो। सभासद बनाउने काम मेरो भयो, बुथ नै उठाइदिन्छु ३-४ वटा। साला यो पाला सुजाता सँग हाम्रो केटा हरुको कुरा नमिल्दा हारी। त्यो धादिङको तेरो नेता के रे- पाण्डे, तेसलाई त जमरकट्टेलको YCL ले हाम्रो केटा हरु नभएको भएत मार्थ्यो। भन तेरो बाउलाई, मैले सहयोग गर्छु भनेर।

बुवाको काम सँग मेरो  चासो र लिनुदिनु नभए पनि- हुन्छ दाई, यार तपाईंले सहयोग नगरे कस्ले गर्छ त भनी दिन्थेँ।

अनी म – चाँही उसलाई- यस्तो तरबार, बन्दुक खुकुरी चलाऊदा डर लाग्दइन भनेर सोद्थेँ। उ भन्ने गर्थ्यो- ‘यि सब देखाउन मात्र हुन, देखाए पुगी हाल्छ। हान्यो भने त कुरा बिग्री हाल्छ नि। तेही पनि यो तरबारको टुप्पाले हान्दा कती काट्छ, बिच बाट हान्दा कती काट्छ, त्यो चलाऊदै गए पछी थाहा हुन्छ के। ” ए हो र दाई”- हो नि तरबारको टुप्पाले काट्यो भने तेही हो रु २० जरिवाना हो बिच बाट कात्यो भने चाँही अली गहिरो हुन्छ र फाइन पनि धेर हुन्छ।” प्रायस: उस्का र मेरा कुरा यस्तै हुन्थे। र कहिले काही चाँही, अब राजनीति गर्ने सोच भएकाले तेस्को लागि पड्नु पर्‍यो, तेसैले जाँच दिने मान्छे कोही चिनेको छ भने खोजी दे भन्थ्यो।

उसले मलाई तान्दै एउटा आध्यारो ठाँउमा पुर्यायो। मैले भने- के भयो दाई?उसले यसो हावा भरिएको ज्याकेट मुनी हात लग्यो र एउटा बन्दुक निकाल्यो.मैले सोचेँ- WTF? यो के हो?देखिनस- पेस्तोल- पेस्तोल। “अनी मैले के गर्नु पर्‍यो त?”हेर मलाई पछील्लो १५ मिनेट देखी पुलिसले पिछा गरी रा छ, तेसैले यो तेरो झोलामा हालेर लैजा”काँहा दाई म एउटा कार्यक्रममा जान लागेको- मैले यती भन्न नपाउदै उसले मेरो झोलाको बाहिरी गोजीमा बन्दुक राखी दि सकेको थियो।चुप लागेर यो लिएर  जा न?अनी उसले मेरो साइड ब्याग तिर देखाएर भन्यो यसमा के छ।मैले भने “प्रोजेक्टर”- यो चाँही म लिएर जान्छु भरे मलाई भेट- यो माल पनि लिएर आइज।होइन दाई मेरो अती जरुरी काम छ, यो प्रोजेक्टर चाँही नलानु, बरु मी यो बन्दुक राखी दिन्छु.अनी उ र म बाहिर गणेश मन्दिरमा आएउँ। साथी तेही कुरी रहेको थियो। उस्ले मेरो अनुहारमा हेर्यो मैले उसलाई हेर्न सकिन।तेसैले मैले उसलाई भने-“तिमी जाँदै गर, म एक छिन पछाडि आउछु। मेरो emmergency पर्‍यो। मैले उसलाई तेती भन्न नपाउदै म त्यहाँ बाट बिपरित दिसा तर्फ हिँडी सकेको थिएँ।

तेस पछी त्रि-चन्द्र कलेज तिर लागेँ। केही सोच्न सकिरहेको थिइन। उसले मलाई भनेको थियो- वरी पारी पुलिस छन तेसैले केही समयको लागि कलेजमा गएर बस.त्यता तर्फ जादै गर्दा सोचे- यदी मलाई पुलिसले पक्रियो भने के गर्ने हो

ला?”बाल मतलब, यो मेरो भए पो? तेसैको हो भनी दिन्छु।”फेरी उस्ले मेरो होइन भन्यो भने के गर्ने, मेरो साथमा केही प्रमाण पनि त थिएन।फसियो आज चाँही, तेस पछी कानुन सम्जिन थालेँ, ला मलाई त सिधै ‘अबैध हतियार खरखजना’ मुद्धा लाग्छ। अनी मेरो भबिस्य त खत्तम।

यती सोची सक्दा त्रि चन्द्र कलेजको गेट भित्र छिरी सकेको रहेछु।क्यान्टिनमा गएर एउटा कोक मगाएर पिए पछी चाँही अली फ्रेस भएँ। तेस पछी झोला लाई अती जतन साथ च्यापेर बाहिर बगैचामा आएर बसेँ।यसो चिनेका साथी हरुले हाइ हल्लो गरे, उनी हरुसँग खासै कुरा गरिन। तेस पछी अली मिल्ने साथी हरुलाई फोन गरेर बोलाएर बन्दुक देखाएँ र हल्का आफ्नै हो भनेर फुर्ती पनि हानेँ।त्यो बेला सम्ममा मैले comfortable feel गरी सकेको थिएँ।

तर त्यो दिन, जुन कार्यक्रमको लागि म हिँडेको थिएँ, त्यो कार्यक्रम मा मैले पनि बोल्न पर्ने भएको ले फोन आउन थाल्यो। तेस पछी ए केही पनि नहुने रहेछ भनेर झोला च्यापेर निस्किएँ।

पुतलिसडकमा पुगेर नेपाल यातायात चडेर कार्यक्रम स्थलमा पुग्न निकै मुस्किल भयो। मलाई आफ्नो भन्दा पनि, झोला कै चिन्ता थियो, नेपाल यातायातको च्यापा च्याप तेही हो।जब म कार्यक्रम स्थल पुगेँ त्यहाँ कार्यक्रम जारी थियो, धेरै साथी हरु आएका थिए। यसो ढोका बाट छिर्दै गर्दा साथी हरु सँग हाइ हेल्लो गर्दै बिचको लाइनमा गएर बसेँ। झोलालाई काखमा च्यापेको थिएँ, खासै बक्ता हरुले के बोलेका छन भन्दा पनि मेरो झोलामा बन्दुक छ, यसलाई मैले सुरक्षित राख्नु पर्छ भन्ने मै ध्यान थियो। जब उद्घघोसकले बोल्नको लागि मेरो नाम बोलाए, तब फसाद पर्‍यो। किन भने त्यो ब्याग त्यहाँ छोडेर जान पनि नमिल्ने, लिएर जाँदा पनि निकै असजिलो देखिने। तेही पनी sefty comes first भनेर त्यो ब्याग पछाडि भिरी भिरी बोल्न को लागि गएँ। अगाडि पुगे पछी चाँही निकालेर भुइँमा राखेँ र गोजीबाट पेनड्राइभ निकालेर आफ्नो कुरा सुरु गरेँ।जती बोले पनि मेरो ध्यान तेही, ब्यागमा नै थियो। उद्घोसक अगाडि पछाडी गरी राखेको हुनाले टेक्ने पो होकी, टेके पछी पड्किने पो हो कि? दसा भन्ने कुरा बाजा बजाएर आउँदैनन, भनेर मेरी ८० बर्सिय हजुरआमाले भनेको पनि सम्झे। तर त्यो कार्यक्रममा कसैले पनि चाल पाएनन।अब तेस पछी तेसलाई घर लिएर गएँ, भान्जी दिदी सँग बस्ने भएको ले, दिदी-भिनाजु मेरो कोठामा आइरहनु हुन्थ्यो। कोठा त्यस्तो ठुलो नभएको हुनाले त्यहाँ पनि लुकाउने ठाँउ थिएन। त्यो भन्दा पनि अर्को कुरा- भान्जी दिदिकी छोरी (मेरी भान्जी) र उनका १०-१२ जना साथी का लागि hide and seek खेल्दा सबै भन्दा सजिलो लुक्ने ठाँउ नै मेरो कोठा थियो। अनी त्यो बाहेक कोठामा आउने साथी हरु, बुवापनी चैनपुर बाट तेही बेला काठमाडौंमा। म सँग संगै नबसे पनि जुनसुकै बेलामा मेरो कोठामा आएर छापा मार्ने अधिकार थियो, उहाँलाई। तेसैले त्यो बन्दुक कोठामा राख्न सक्ने स्थिती नै भएन। मैले तेसलाई लगभग ४८ घण्टाको लागि राखी दिनु पर्ने थियो- किनभने उसले मलाई भोली पल्ट फोन गरेर बोलाए पछी लिएर आइज भनेको थियो।

निकै बेर सोचेँ के गर्ने होला त? तेस पछी, त्यो बन्दुकको बिचमा किरिक्क भाँचे, यसो हेरेको बन्दुकमा पुरै गोली रहेछन। ति गोली निकालेर छेउमा नै झुन्डीरहेको पाइन्टको गोजिमा हालिदिएँ। बन्दुक लाई चाँही के गर्ने होला त? रुमालमा बेरेँ तेसपछी कालो पलास्टिकमा बेरेँ, अनी सिधै तल झरेर, घर पछाडि काठ थुपारेको ठाँउमा गएर सबै भन्दा मुनी राखी दिएँ। त्यहाँ राखे पनि मेरो मन ढुक्क हुन सकिरहेको थिएन. हरेक ३-४ घण्टामा गएर हेरी रह्न्थे। त्यहाँ हेर्न जाँदा पनि डर कसैले म लगातार घर पछाडि, गएको देखी पो रहेको छ कि?? ल ठीक छ कसैले हेरेको रहेनछ।

लगभग २५ घण्टाको तनाब पछी,उस्ले मलाई फोन गर्‍यो। उस्ले हेल्लो भनी सक्न नपाउदै मैले सोधे- दाई म कहाँ आउँ?”नाङ्लो बेकरिमा” म त्यहाँ पुगेँ उस्ले मलाई के खान्छस भनेर सोध्यो।

“OKAY लस्सी मगाउनु न” , उसका साथमा भएका अरु २-३ जना सँग पनि चीन-जान गराइ दियो।

अन्त्यमा, मैले उसको नासो  उसैलाई बुझाई दिएँ।

उसले मलाई धन्यवाद दियो।


Climate Change: The Answer is, “Yes”


Do you believe on Global Warming /climate change, or whatever you have listened to?

“Yes” you believe because you are  feeling more hot this summer than that of last summer. Believe or believe not, global warming is the bitter truth  that is right in front of us. Everything is open (because this is summer. ha ha just kidding)

Ask your grandparents abut the change in temperature of their life. Answer is definitely, “Yes”. That means the temperature of the earth is increasing.   On the other hand, Climate change is the  natural process, aggravated by unchecked emission of the green house gases.  we could not stop the natural process, but we could abate the grave effects if we are aware and committed to take action from individual level.

Do you believe:   Once the deserts of Soviet and central Asia were fourth largest sea. The Aral sea dried because of the human intervention in it’s ecological balance and natural process of climate change. As the water retreated, fishermen dug a canal trying desperately to reach the sea. Even these days we can see fishing ship stranded in a desert. – Source: “Ships in the Deserts”, Earth in The Balance( 1992) by Al Gore.

Once the mountains in the Africa and North America were covered with glacier, but these days we don’t see snow top on them. What does that mean? Answer is, “Yes”. All the glacier is gone due to global warming.

In Nepal we have precious Himalayan Heritage, they are melting   at the rate that is faster than any ice mass retreat  in the world. I bet, in the coming years the the time to scale the mount everest for a mountaineer will be dramatically less. What does that mean? The answer is, “Yes”. The glacier is retreating. If you don’t believe me, ask Appa Sherpa. He can explain about glacier retreat better than any one do.

“Sir, how  do you feel to set new record every year, breaking your own record (lol) ?”

“Yes”.  It’s the piece of cake for me.Easier every year than that of last year because I have to measure 7 meter less icy way?

What?

The answer is, “Yes”. The Himalayan Glacier is retreating plus/minus 7 meter every year.  We can predict the life of the mount Everest. Probably I would be telling a story to my grandchildren about mount Everest. Seriously that start like, “once upon a time…..”  as I shred above about the ship in the desert.

One Fact:

CO2 inflow to atm. 33 billion of metric tons per year from burning of fossil fuel——-Stock is about 390 PPM these days, and increasing about 2 ppm per year—- —-outflow removal by ocean and land is about only 16 billions metric tons per year. Source: Pilke, R.(2010), The climate fix.

I would like to share the science that I believe:

Dinner Table climate science ( you are free to have different opinion)
a.  Our ability to see the future is limited. Certainty is not forth coming.
b.  Stabilizing atmospheric concentration of carbon dioxide does not stop the climate change.
c.  Climate change is a problem to be manged, not to be solved.

Invitation:

Nepalese youth for Climate Action is organizing third Eco-football match with the theme of goal against climate change to mark the World Environment Day 2011. I humbly request to be there to Support the event, and to motivate the youth climate activists.  Climate change is, “yes”. So let’s join our hand together to say, “No No No” to global warming and climate change. Together we can make difference.

यो गाइजात्राको जेठ १४ मा नै दाहसन्स्कार हुनु पर्छ


बहुरुपी प्रचन्डलाई भारतलाई देखाउन र बाबुरामलाई साइजमा ल्याउन नै भएपनी यो सरकार टिकाउनु छ, मोहन बैधलाई केही चाहिएको छैन, उनी संबिधान बने पनि नबने पनि, जनबिद्रोह गर्न चाहन्छन, बाबुरामलाई यो सरकार ढलाएर प्रचन्डलाई खुचिङ भन्नु छ र जेठ १४ अगाडि नै प्र.म हुनु छ। झलनाथ त बिचरा नै भएका छन, उनी सँग अर्जुनद्रिस्टी बाहेक केही पनि छैन, केपी ओलिले बुटवलको पिडा अझै भुलेका छैनन, माधव नेपाल बिचरा बहुमत हुँदा हुँदै कुर्सी छोड्नुको पिडा कसरी भुल्थे। सुसिल कोइराला आफुलाई गिरिजा बाबुनै सम्झ्नछन तर पछील्लो समयमा कसैले बाल नहाने पछी को पिडामा छटपटाइरहेका छन, राम चन्द्र त चुनाव हारेर रेकर्ड नै बनाए, सायद बिशोव रेकर्ड नै होला यो त, नढाँटी भन्नु पर्दा झलनाथ त उनका सोउता नै हुन।। सेर बहादुर देउवालाई आए बाउको गए साउको-राणा खान्दानका ज्वाँईँ हुन उनी !! !! समग्रमा मदेसी पार्टीलाई सत्तामा रहुन्जेल सबै बेस- सत्ता बाहिर एक मदेस एक प्रदेस !!गछेदार मदेसमा आफ्नो धरातल भर्खर बुझ्दै छन, मदेसका नेता महन्त ठाकुर किन हो, कसको ईशारामा हो देस टुक्र्याउछु भन्छन। उपेन्द्रलाई यादबलाई सदाबहार आपुर्ती मन्त्री राजेन्द्र महतो,गछेदार र झलनाथ मिलेर राम्रै साइजमा ल्याइदिये। जे पि गुप्ता शायद भ्रस्टचारको मुद्दामा अदालतले दिने तारिख पर्खेर बसी रहेका होलान।
के यो पाराले संबिधान बन्ला?
मलाई लाग्छ संबिधान बन्छ। किनभने यो नेपालको राजनीति हो। जेठ १४ गते राती ११ बजेर ५९ मिनेटमा नयाँ नेपालको संबिधान २०६८ घोषणा हुन्छ र जेठ १५ गते बिहान हामी सबै सडकमा अबिर दलिरहेका हुने छोउँ।

Read the rest of this entry

काठमाडौंको फोहोरको थुप्रो म र सभ्य मेरो परिवार


“I think I’m going to Katmandu
I think it’s really where I’m going to
If i ever get out of here
That’s what I’m gonna do
K-k-k-k-k-Katmandu
I think that’s really where I’m going to
If i ever get out of here
I’m going to Katmandu”
– Bob Seger
जब अमेरिकि रक गायक Bob Seger क्या….. क्या…. क्या…. क्याटमान्डु गाइ रहेका हुन्छन उनमा एक प्रकारको जोस देख्न सकिन्छ। उनी गाइरहेका मात्र छैनन, बजाइरहेका मात्र छैनन वास्तवमा नै काठमाडौं सँग भाबनात्मक रुपमा नै नजिक छन। त्यो त मलाई थाहा भएन किन उनी काठमाडौंलाई यती माया गर्छन र मैले त्यो गीतको पछाडिको कथा कहिले जान्ने कोशीस पनि गरिन। तर मलाई काठमाडौंको माया लाग्छ किनभने यो मेरो देशको राजधानी हो। यहाँ मैले धेरै समय बिताएको छु। तर त्यो भन्दा पनि मलाई माया लाग्छ फोहोर काठमाडौंको। शायद यही फोहोर मैला सम्बन्धी नै पदाइ भएको ले पनि होला। शायद त्यो फोहर मैला ब्याबस्थापन सम्बन्धी मैले सिकेको कुरा त्यहाँ प्रयोग गर्न सकेँ भने म सबै भन्दा खुशी हुन्छु होला।
——————————————————————————————————————————————————-

‘सफा शहर हाम्रो रहर ‘काठमाडौं महानगरपालिका को मन्त्र हो यो। यदी तपाईं काठमान्डुमा बस्नु हुन्छ भने यो तपाईंको लागि नयाँ होइन। बाल बालिका लाई पनि स्कुल देखी नै सरसफाइको बारेमा पदाइन्छ।आफु बसेको वातावरणलाई संरक्षण गरन र माया गर्न सिकाइन्छ। अझ उनिहरु बोर्णिङ स्कुलमा पद्छन भने त त्यो शिक्षा पैसा अनुसार बढी नै हुन्छ। तर तेही शिक्षा लिएका प्राणी बसेको ठाउँ काठमाडौंको भने दशा छ।

काठमाडौं, सपना को शहर। मलाई सानोमा गाँउमा पढ्दा काठमाडौं जान पाएत के के न हुन्छ जस्तो लाग्थ्यो। ४ किलासमा फस्ट भएमा काठमाडौं घुमाउने बाचा मेरी आमाले गर्नु भएको थियो, तर दुर्भाग्यबस त्यो पटक सफल हुन सकिन। मेरो जस्तै सपना बोकेका नेपाली हरु लाखोउ छन। जो धरहरा चड्न चाहन्छन, रानीपोखरिमा फोटो खिच्न चाह्न्छन, अनी विश्वज्योतिहलमा सिनेमा हेरन चाहन्छन। तर तेही सपनाको शहरलाई आज फोहरको थुप्रोले पुरी सकेको छ। जुन दुर्गान्धित भएको छ, अनी मास्क नलागाइ सडकमा हिँड्न मुस्किल हुने भै सकेको छ।

हाम्रो पुस्ताकोलागी बाटोमा गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड सँग अङालो मारेर वाइ वाइ चाउ चाउ, चटपटे अनी आइसक्रिम खाँदै हिन्ड्नु कुनै अचम्म होइन, तर माया पिरतिका कुरा गर्दै हिन्ड्दा हामीलाई बाटामा त्यो चाउ चाउ को खोल फाकेर हिंडेको पत्तै हुँदैन र पत्तो पाए पनि फाकीदिन्छोउ, किनभने सबैले फ्याक्छन। फेरी तेही बाटो फर्केर आउँदा चाँही सडक फोहर बनाएकोमा अरुलाई गाली गर्न पछी पर्दैनोउ।

हामी नेपालीको आम्दानिको स्रोत कम छ तेसैले हाम्रो क्रयशक्ती कम छ। यो सत्य हो। तर शायद हामी लाई यो हेक्का छैनकी हामी ले आफुले किनेको लग्भग ४०% खाध्य बस्तु धोबी खोला, बागमती खोला नभए सडक पेटीमा फाल्छोउ।

रायो को साग, तोरिको साग, काउली र बन्दालाई ४ वटा प्लस्टिकमा हालेर घर ल्याउने चलन मेरो घरमा रोग नै हो । मेरी आमा लाई एउटा प्लास्टिकमा आइहाल्छ नि यो त भनेर भन्दा, ‘ल ल भोलीदेखी’ भनेको ५ बर्ष बिती सक्यो तर कहिले काही त ४ मुठा साग मा ५ वटा सम्म प्लस्टिक मेरो घरमा आइ पुग्छ।

काठमाडौं महानगरपालिकाले आफ्नो बजेट को ६०% रकम त फोहरमैला बेबस्थापनमा मात्र खर्छ गर्छ, अनी दु:ख लाग्दो कुरा चाँही के छ भने सडकमा भएको ६०% प्रतिसत फोहर चाँही “अर्गानिक” अर्थात कुहिने फोहर हो जसलाई घर मा नै बेबस्थापना गर्न सकिन्छ र राम्रोसँग बेबस्थापना गर्नसक्ने हो भने ८०% ले घरमा नै घटाऊन सकिन्छ। फेरी तर हाम्रो पुरानो रोग छ नि त्यो कुनै भोजभतेर मा जादा १ चोक्टो रोस्ट खाएर ३ चोक्टा चाँही फाल्ने यो बानीले सब लाई गाँजेको छ। रेस्टुरेन्टमा खादा पनि मलाई खाइ नसकेको खाना प्याक गरेर घर लयाउन लाज लाग्छ, अन्त्यमा मेरै अगाडि वेटरले त्यो खाना लाई {garbeg} गरी दिन्छ। तर पनि केही छैन, म आफुलाई राम्रो र सभ्य सम्जन्छु किन भने म त टाइ सुटमा नै जान्छु नि पार्टीमा ।

मेरो परिवार हुनेखाने मध्यको समाजमा रम्फ्रो इज्जत छ। पैसा छ, मान-सम्मान छ सब तेसैले सबैले हाइ हाइ गर्छन्। घरमा कोरियन हुन्डे कार छ,३-४ वटा बाइक छन। बुवा र काका राम्रो अफिसमा काम गर्नु हुन्छ। कुनचाही पार्टीको हो को नि, नेतापनी हो रे? ममी कलेज पढाउनु हुन्छ, दिदी बातावरण सम्बन्धी एनजिओ मा हाकिम छे । तर सांझ परेपछी मेरो बुवा लाई कारको ढोका बाट फुत्त रोड्मा फोहर फाल्नुहुन्छ। damnn care कस्ले देख्यो र?

आफु त स्टाइलिस, स्मार्ट नै भऐ नि। राम्रा राम्रा जुत्ता लाउछु, फेसन का कपडा फेर्छुजिन्दगी रमाइलो छ, कहाँ यस्तो फोहरमैलाको बारेमा सोधेर गिदी खाइ रा भन्या। फुर्सद नै हुन्न नि। बहिनी पारी ‘पन्क’, Cambridge University को A लेभल पड्छे। अस्ती मैले झोलामा लाइटर भेटेको थिएँ। बालै भएन, ठिक्कै छ उ पनि त २१ अं सताब्दिकी नारी हो। परिवर्तन कि सुचक हो। सभ्य त हुनै पर्‍यो नि। तर हामीले कहिले पनि घर मा परिवर्तन गर्ने कोशीस गरेनोउ। हामी लाई पनि दम्भ छ इज्ज्जतदार परिवारको सद्स्य भएको मा। हामी पनि तेही गर्छोउ जे बुवा आमा गर्नुहुन्छ। फोहोरमैला त समस्या नै होइन, हाम्रो लागि, कहाँ सारुक खान को फिल्म फ्लप भएर कत्रो टेन्सन छ आफु लाई !! Indian idol हेर्ने बेलामा बत्ती गएर दिमाग खराब। तर अलिकती समस्या भने को गर्लफ्रेन्ड सँग हिड्दा पिके अगाडि चाँही नाक छोपेर कुदनु पर्ने न हो, त्यो टोल का चाँही मान्छे साह्रै असभ्य छन, जहिले रोडमा लियाएर फोहर थुपार्छन। । केही छैन म राम्रो छदै छु, सभ्य छ मेरो परिवार । तेसैले मलाई अरु लाई गाली गर्ने अधिकार छ।

तर यो मुला महानगरपालिका पनि ठिस छ छन चाँही। फोहर मैला बेबस्थापनको लागि भनेर च्याउसरी संस्था लाई अनुमती दिएका छन तर दु:ख लाग्दो कुरा चाँही धोबी खोला को किनार मा बस्ने म, मेरो घरको फोहर उठाउन महिनाको २०० रुपया तिर्यो तर फोहोर उठाएर संस्थाका मान्छेले घर अगाडि को पुल बाट खोला मा हालिदिन्छन। “तेही खोलामा नै फ्याक्न त किन दुई दुई सय तिरिरहनु पर्‍यो भन्या, त्यो काम त मै गरी दिन्छु मलाई १०० दिए पुग्छ”, अस्ती ममिलाई भनेको थिए। “ल ल” भन्नु भएको छ।

सडक पेटी मा ब्यापार गर्ने दाजुभाइ हरुले कहिले पनि आफ्नो ब्यापार गर्दा निक्लेको फोहरलाई निहुरेर हेर्नु हुन्न। रत्नपार्कमा आकासे पुल बन्दा निकै खुशी लागेको थियो तर १ महिना पछी मुसल्धारे पानी पर्दा पुलमा पानी जमेर हिंड्न नसक्ने अबस्था देख्दा साह्रै दु:ख लाग्यो। त्यो भन्दा पनि दु:ख चाँही त्यो पुल डिजाईन गर्ने ईन्जिनियर र उसलाई पनि पडाउने पुल्चोक इन्जिनियरिग क्याम्पसको प्रोफेसर लाई सम्जेर लाग्यो। उद्घाटन गर्ने नेताजी को त के कुरा गर्नु? तर पनि हामी पब्लिकले कहिले पनि यस्ता कुरा हरुमा आवाज उठाउदैनोउ। ठिकै छ हामीलाई त संबिधान भए हुन्छ हामीलाई।

तर यो सब कहिले सम्म? एकदिन न एकदिन त हामी सपानिको शहरका बासिन्दाको घैटोमा घाम लाग्ला नि। के जाँजरकोट कान्ड काठमाडौंमा आउनइ पर्ने हो? झाडापखाला ले नै २०-३० जना क्रान्तिकारी हरुले शहादत प्राप्त गर्नै पर्ने हो? तर हामी सबैमा इच्छासक्ती हुने हो भने यो परिबर्तन असम्भब छैन। हिजो मान्छेका हस्तिहाड बग्ने लन्डनको थेम्स नदी आज संसारकै सुन्दर नदी भएको छ। सन 1969 जुन २२ मा अमेरिकाको Cleveland को Cuyahogaनदिमा प्रदुशण कै कारणले आगो लागेको थियो। तर हाम्रो बागमती अझै पनि त्यो अवस्थामा पुगेको छैन। यसलाई जोगाउन सकिन्छ। तर त्यो सबै म मा निहित छ, मेरो परिवारको सोचाइमा हुने परिवर्तनमा निहित छ।

Have a good one !

मुकेश

हा हा हा !! यस्तो पनि भयो !!


जलवायु परिवर्तन हामी सबैको चासो’ यही थियो हामीले त्रिचन्द्र कलेजको स्पोर्टस हलमा बातावरण सम्बन्धी जनचेतना जोगाउन राखेको अन्तर्कृया कार्यक्रमको नारा !! संयोगबस त्यो कार्यक्रमको संयोजनको जिम्मा मैले लिएको थिएँ। आज म उक्त प्रसँग जोडेर जलबायु परिवर्तनको बारेमा लेख्न चाहीँ पकै खोजी रहेको छुइन।

प्रसँग राजनीतिको हो त्यो पनि रमाइलो राजनीतिक भेलाको। बिदाको दिनमा त्रिचन्द्र कालेजमा निकै कार्यक्रम हरु हुने गर्छन्। जुन दिन हाम्रो कार्यक्रम थियो, तेही दिन घण्टाघर तर्फको भबनमा ८ नं कोठामा “अनुसन्धानकर्ता हरुको राष्ट्रिय मन्च नेपाल” भन्ने संस्थाको पनि कार्यक्रम रहेछ। हाम्रो कार्यक्रमको तयारी राम्रो थियो, लगभग ४० जना जती साथी हरु उपस्थित भाई सक्नु भएको थियो र केही साथी हरु आँउदै हुनु हुन्थ्यो। तर त्यो अर्को ८ नं कोठामा भने तेही साला खाला १५ जती अनुसन्धानकर्ता हरु भेला हुनु भएछ। सो कारणले गर्दा आयोजकलाई निकै मुस्किल परेछ, किनभने त्यो निकै हाइ प्रोफाइल कार्यक्राम थियो तत्कालिन मन्त्री पम्पा भुसाल प्रमुख अथीती तथा माओवादीका प्रबक्ता दिननाथ शर्मा अथीती हुनु हुदोरहेछ। सहभागी को संख्या साचै कम थियो। तर आयोजक निकै बाठा रहेछन तेसैले हाम्रो कार्यक्रमका सहभागी लाई त्यो कार्यक्रममा लाने उदेस्यका साथ आएर, कोही सहभागी साथी मार्फत म सम्म आइपुगे। यसो परिचय मात्र के भएको थियो, उनले फेहरिस्त मेरो प्रसन्सा गर्न थाले। “तपाईं त का ठुलो युबा अनुसधान्कर्ता हुनुहुदोरहेछ। तपाईंलाई भेट्न पाउदा खुशीलाग्यो। हाम्रो भेला मा कुनै हालत मा अथीती बनी दिनु पर्‍यो।” यसो सम्झेँ म कहांको अनुसन्धानकर्ता हुनु? अहिले सम्म अनुसन्धान गरेको भनेको तेही ११ किलासमा गडेउलाको अप्रेसन, १२ मा लोखर्केको। त्यो बाहेक त अरु केही पनि छैन। अनी मैले भनेँ, “म त्यस्तो अनुसन्धानकर्ता/सर्ता केही पनि होइन। सायद तपाईं गलत बेक्ती सँग कुरा गर्दै हुँनु हुन्छ होला?” उनले भने, “मुकेस डाँगी तपाई नै होइन?” हो।
म अली झस्किएँ। तेसपछी कार्यक्रम र अरु अतिथिको बारेमा बुझेँ। तेस पछी मैले भनेँ,”काँ म तेत्रा-तेत्रा ठुला मान्छेको छेउमा अतिथी बनेर बस्छु त?” “म त अतीथी खान्न।” उनीले तेस पछी पनि केही बेर त खानु कि खानु भने तर मैले अतिथी चाँही कुनै हालतमा खान्न भने पछी उनले गांठी कुरो खोले, “तेसो भये यसो १०-१५ जना साथी हाम्रो कार्यक्रममा पठाइ दिएर सहयोग गर्नु पर्‍यो, नत्र त हाम्रो कार्यक्रममा समस्या हुने भयो।”आज हामी लाई सहयोग गर्नुस् न मुकेस जि, फेरी तपाईंलाई पनि केही पर्दा हामी छदै छोउ नि ! तेस पछी यसो सोचेँ- ठिकै छ नि त तेती सहयोग अर्यो भने यो मान्छे, भबिषयमा काम लाग्न सक्छ। फेरी कार्यक्रमको समय पनि नजुदने रहेछ तेसैले हुन्छ भनी दिए।

अब फसाद आफुलाई पर्‍यो अब कहाँ एउटा कार्यक्रममा आएकालाई अर्को मा जाउ भन्नु तेसैले, अली नजिक का साथी लाई सबै बेलिबिस्तार लगाएपछी उनी हरु जान त तयार भए तर म गए मात्र।

बचन दि सकेको थिएँ, जानै पर्ने थियो। आफ्नो कार्यक्रम पनि सुरुभएको थिएन तेस्सैले एक्छिन जानु पर्‍यो भनेर गए। तर त्यहाँ गए र यसो माहोल बुझेको त्यो कार्यक्रम त नेकपा माओबादी को पार्टीको कार्यक्रम रहेछ। हरे राम !! फेरी फसाद पर्‍यो ।

मन्त्री र अन्य अतिथी हरु मन्चमा बसी सक्नु भएको थियो १५ जना जती साथी सँग गएकाले आयोजकको अनुहार खुशी देखियो। साथी हरु सँग गइयो, लास्टा-लास्टाका ३ वटा बेन्च र डेक्समा बसियो। कार्यक्रम सुरु भयो। उद्घोसकले भुमिका निकै बाँधेर अतिथी हरुलाई आसन ग्रहण गराउन थाले। ताली मजाले पड्काइदै थियो, अकस्मात उद्घोसकले अतिथिको रुपमा मेरो नाम बोलाए। what? WTF? म हरियो निलो भइ हालेँ। त्यो दिन मेरो हुलिया फेरी निकै रमाइलो थियो। रातो टि-सर्ट, चुज पारेको कालो जिनको पाइन्ट, राम राम लेखेको पँहेलो गल्बन्दी, कानमा कालो मुन्द्रो, चुच्चा जुत्ता, अनी अनुहारमा रेमन्डको चेस्मा। हत्त न पत्त कालो चेस्मा खोलेर पकेटमा हालेँ, सबै साथी हरु हाँस्न थाले। सबै शाहअभागेए हरु म तिर नै हेर्न थाले। साथी हरु भन्न थाले खाइस? जा अब? मैले केही सोच्न नै सकिन, तेसैले जुरुक्क उठेर मन्च तिर लागेँ। सबैले सोचे होलान फेरी को रहेछ यो कमेडी सरकस चाँही, अतिथी पड्काउन पो आयो त? जे सोचेका हुन, अहिले लाई बालै भएन। त्यहाँ भन्दा अगाडिका सबै अतिथी ले मुट्ठी बाटर्नु भएको थियो, तेसैले मैले पनि आँखा चिम्लेर जे सुकै होस् भनेर मुट्ठी बाटरिदिए, तेसपछी छातीमा रातो बिल्ला लगाइदिए ।भाषाणको कार्यक्रम सुरु भयो। जनयुद्धका बेला अनुसन्धानकर्ता हरु को कस्तो भूमिका थियो भन्ने बारेमा बक्ता हरुले बोल्न लागे र सबै अनुसन्धानकर्ता हरु माओबादिको झन्डामुनी गोलबद्ध हुनु पर्ने बारेमा गफ हुनथाले। आफुलाई मन्चमा खपी नस्क्नु भै रहेको थियो। मन्चमा बसेर हेर्दा हेर्दाइ एक- दुई गर्दै मेरा साथी त सबै निक्ले पो। म अब त्यो समुहको एक्लै भएँ।

अब त म त्यहाँ बस्न नै नसक्ने अवस्थामा पुगिसकेको थिए। तेस पछी, आफ्नो खल्ती बाट मोबाइल निकालेर सुटुक्क एउटा साथी लाई SMS गरेर ४-५ चोटि मिसकल हान्न भनेँ। तेस पछी त्यो साथीले मिसकल दि हाल्यो। अङ्रेजी गीत still DRE गज्जबले बज्यो। तेस पछी उद्घोसकलाई बोलाएर भनेँ मेरो यो फोन नउठाइ नहुने भयो म एकै छिन् मा आँउछु है। उनले हुन्छ भन्नु अगाडिनै म ढोकाबाट बाहिर पुगी सकेको थिएँ। तेस पछी हे भगवान भन्दै पछाडि नफर्की टाप ठोक्न सफल भएँ। तेस पछी त्यो कार्यक्रममा के भयो मैले न कहिले जानकारी पाए न त जानकारी पाउने कोशीस नै गरे। इती…

Follow

Get every new post delivered to your Inbox.